बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफिसमा कर्मचारीको फेसबुक बन्द गरौंः सांसद रावल

बुधबार, २९ साउन २०७६, १५ : २७
बुधबार, २९ साउन २०७६

काठमाडौं–नेकपाका सांसद झपड रावलले सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । 

बुधबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा ऐनको दफावार  छलफलका क्रममा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् । 

उनले कार्यालयको सम्पत्ति, समय र सेवालाई व्यक्तिगत ढंगले प्रयोग गर्ने कर्मचारीलाई कार्वाहीको व्यवस्था गर्नुपर्ने पनि बताए । 

उनले भने, ‘कर्मचारीहरु कार्यालयको काम छोडेर फेसबुक चलाएर बसेका हुन्छन् । कोही अधिकृतको तयारी गरेर बसेका हुन्छन् । 

कर्मचारीले कार्यालयको फोटोकपिदेखि पेन्सिल इरेजरसम्म पनि व्यक्तिगत कामको लागि प्रयोग गर्न नपाउने ब्यवस्था गरौँ ।’

उनले एउटा खरिदारले काठमाडौँमा ३ वटा बङ्गला खरिद गर्छ भने उसको सम्पत्ति छानबिन हुनुपर्ने बताए।

 समय समयमा कर्मचारीको सम्पत्ति विवरण अपडेट गर्ने व्यवस्था गर्न पनि उनले माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप