सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा ३० विद्यार्थीको भविष्य अन्योलमा
भक्तपुर– सिटिइभिटीले उच्च अदालतको फैसला नमान्दा भक्तपुरको चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा अध्ययन गर्ने बिद्यार्थी समस्यामा परेका छन् । एक वर्षदेखि अध्ययनरत विद्यार्थीहरुको रजिष्टेशन पनि नगरी परीक्षामा समेत सामेल गराउन नसकिएको कलेजले गुनासो गरेको छ । निरन्तर उच्च अदालतले दिएको आदेशलाई समेत लत्याउँदै सिटीइभिटीले ३० जना विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको कलेजले जनाएको छ
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट २०५९ सालमा सम्बन्धन प्राप्त उक्त एकेडेमीमा २०६१ सालदेखि नर्सिङमा प्रविणता प्रमाणपत्र तहमा पढाई हुँदै आइरहेको छ ।
विद्यार्थी भर्नाको सिलसिलामा २०७५ सालको विद्यार्थी भर्नाका लागि कलेजले सिटीइभिटीईमा निरन्तर सम्पर्क गरेको तर त्यसबेलादेखि नै बेवास्ता गर्दै आएको कलेजका कार्यकारी अध्यक्ष निलकृष्ण ताम्राकार पत्रकार सम्मेलनमा जानकारी दिए ।
कलेजले २०७५ सालमा विद्यार्थी भर्ना गर्न सिटीईभिटीईसँग अनुमति माग्दा सय बेडको अस्पतालको व्यवस्था गरेर मात्र विद्यार्थी भर्नाको अनुमति दिन सकिने जानकारी दिइएको अध्यक्ष ताम्राकारले जानकारी दिए । त्यसपछि कलेजले सय बेड भएको गणेशमान अस्पताल एण्ड रिसर्च सेन्टरसँग सम्झौता गरेर सिटीईभिटीमा पेश गरेको अध्यक्ष ताम्राकारले बताए । त्यसपछि पनि उनले सिटीईभिटीले कलेजको सम्बन्धनै रद्ध गर्ने कोशिस गरेको उनले आरोप लगाए ।
त्योलगत्तै कलेजले सिटीईभिटीविरुद्ध उच्च अदालतमा मुद्धा दायर भएको र अदाललते परिषदको सम्बन्धन रद्ध गर्ने निर्णय बदर गरी कलेजलाई निरन्तर सञ्चालन हुुन दिन भनी फैसला गरेको उनले जानकारी दिए । सो फैसलासँगै कलेजले निरन्तर विद्यार्थीहरु भर्ना गर्दै आएको र २०७६ सालमा पनि विद्यार्थीरुको भर्ना गरिएको कलेजको दाबी छ । तर अदालतको निरन्तरको आदेश समेत लत्याउँदै सिटीइभिटीले बेवास्ता गर्दै आएको र विद्यार्थीको भविष्य अन्योलमा परेको कलेजको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी