बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक विदा घोषणा गर्न मुख्यमन्त्री र मन्त्रीबीच तछाडमछाड

बुधबार, २९ साउन २०७६, १४ : २४
बुधबार, २९ साउन २०७६

जनकपुर– प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री र बहालबाला मन्त्रीबीच सार्वजनिक बिदाको बिज्ञप्ति जारी गर्न तछाडमछाड देखिएको छ । उनीहरुले रक्षा बन्धनको दिन बिहीबार सार्वजनिक विदाको घोषणा गर्न समेत यस्तै व्यवहार देखाए ।

रक्षा बन्धनका दिन दिइने सार्वजनिक विदाका लागि केही क्षणको अन्तरालमा उनीहरुले विज्ञप्ति जारी गरे ।  हिन्दु धर्मावलम्बीहरुले मनाउने जनैपूर्णिमा एवम्  रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो।

मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारको तर्फबाट आधिकारिक ढंगले एउटा विज्ञप्ति जारी गरे पुग्नेमा मुख्यमन्त्री र मन्त्रीले प्रतिस्पर्धा गरेजसरी विदा घोषणा गरिनुलाई प्रदेश सरकारभित्र अस्वस्थ प्रतिस्पर्धा हुर्किरहेको अनुमान गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप