बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जमानतमा छुटे नायिका श्वेता तिवारीका श्रीमान्, सौतेनी छोरीमाथि दुर्व्यवहारको आरोप

बुधबार, २९ साउन २०७६, १३ : २५
बुधबार, २९ साउन २०७६

चर्चित अभिनेत्री एवं बिग बस ४ की बिजेता श्वेता तिवारी आजकाल आफ्नो नीजि जीवनका लागि चर्चामा छिन् । श्वेताले आफ्ना श्रीमान् अभिनव कोहलीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । उनले समता नगर पुलिस स्टेशन, कान्दिवलीमा अभिनवविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । त्यसपछि उनलाई आइतबार पक्राउ गरिएको थियो । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार अभिनवलाई मंगलबार १५ हजार भारुमा जमानत दिइएको छ । उनको मुद्दा अदालतमा अहिले पनि जारी छ । यो मामलामा श्वेता तिवारीकी छोरी पलकले पनि बयान दिएकी छिन् ।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार अभिनव कोहलीलाई बोरीवली कोर्टमा पेश गरिएको थियो, त्यसपटि उनलाई जमानत दिइयो । श्वेता र उनका श्रीमान् अभिनवबीच थुप्रै दिनदेखि ठाकठुक भइरहेको चर्चा सार्वजनिक भएको थियो । रिपोर्टमा बताइए अनुसार श्वेताका श्रीमान् अभिनव कोहलीले छोरी पलक तिवारीलाई थप्पड हानेको, अपशब्द बोलेको र दुर्व्यवहार गरे ।


यो मामलामा अभिनव कोहलीकी आमा र श्वेता तिवारीकी सासु पुनमले पनि मिडियासँग कुराकानी गरिन् । उनले भनिन्, ‘श्वेता तिवारीले केही समय अघिदेखि नै अभिनवसँग सम्बन्धविच्छेद मागिरहेकी छिन् । तर अभिनव सम्बन्धविच्छेद गर्न राजी छैनन् । उनी छोरा रेयांशका लागि सँगै बस्न चाहन्छन् । ’

उनले भनिन्, ‘मलाई उनीहरुबीच के चलिरहेको छ, राम्रोसँग थाहा छैन ।’ स्मरण रहोस्, यो मामलामा श्वेता तिवारीकी छोरी पलक तिवारीले पनि इन्स्टाग्राम पोष्टमा लेखेर आफ्नो कुरा व्यक्त गरेका छन् ।

पलक तिवारीले लेखेकी छिन्, ‘अभिनव कोहलीले कहिले पनि ममाथि शारीरिक हिंसा गरेनन्, मलाई कहिले पनि गलत तरिकाले छोएनन् । म मानिसहरुलाई के आग्रह गर्न चाहन्छु भने कुनै पनि मिडिया रिपोर्टलाई विश्वास नगर्नुहोस् । यद्यपि, उनले लगातार अनुचित र तनावमा पार्ने टिप्पणी गरेका छन् जसबारे म र मेरी आमालाई मात्रै थाहा छ । त्यस्ता शब्द जसले कुनै पनि महिलाको इज्जत उतार्न सक्छ, त्यस्ता शब्द जुन कुनै पनि पुरुषबाट सुन्न सक्नुहुन्छ तर कुनै पिताबाट होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप