शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीलाई फिफाको ठूलो जरिवाना

बुधबार, २९ साउन २०७६, ०९ : ३८
बुधबार, २९ साउन २०७६

इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीलाई विश्व फुटबल महासंघ (फिफा) ले तीन लाख १५ हजार पाउन्ड जरिवाना गरेको छ । 

फिफाले सिटीलाई युवा खेलाडीको अनुबन्धनमा नियम मिचेको भन्दै उक्त जरिवाना गरेको हो । सिटीले विशेषगरी यू–१८ उमेर समूहका खेलाडी अनुबन्धमा नियम उल्लंघन गरेको फिफाले जनाएको छ । 

फिफाको अन्तर्राष्ट्रिय नियम अनुसार कुनैपनि क्लबले विदेशी खेलाडीको ब्यवसायिक अनुबन्धन गर्दा खेलाडीको उमेर १८ बर्षमाथिको हुनुपर्दछ । सिटीले भने कम उमेरका खेलाडी अनुबन्ध गरेको फिफाले ठहर गरेको हो । फिफाले यसअघि चेल्सीलाई यस्तै प्रक्रियामा दुई बर्ष खेलाडी अनुबन्धनमा प्रतिबन्धको कराबाही गरेको थियो । 

सिटीलाई आर्थिक जरिवाना गरिएपनि प्रतिबन्ध भने गरिएको छैन । प्रियिमर लिगको यस सिजनमा पनि सिटीले सुखद सुरुवात गरेको छ । सिटीले लिगको पहिलो खेलमा वेस्टहाम युनाईटेडलाई ५–० गोलले हराउँदै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप