बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१८ को प्रारम्भिक टोली घोषणा

मङ्गलबार, २८ साउन २०७६, २३ : २४
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं-आगामी सेप्टेम्बर २० देखि २९ तारिखसम्म नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेका ४६ खेलाडीबाट ३० जना प्रारम्भिक खेलाडी छनोट गरेका हुन् । नेपाली टोली दुई सातादेखि तयारीमा थियो । १६ जना खेलाडी बाहिरिएका छन् । अन्तिम चरणमा ३० बाट २३ खेलाडी छनोट गरिनेछ ।

हल्चोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । नेपाल यसअघि दुवै संस्करणको विजेता हो । समूह ‘बी’ मा बंगलाद्श भारत र श्रीलंका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

नेपाली टोली
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होना

रक्षक : विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु र एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रन्जन पुन, आकाश बुढामगर, रेजिन माझि, जया गुरुङ, मनिष थापा, कुशस पौडेल र नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप