बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङमा जिप दुर्घटना, चार जनाको अवस्था गम्भीर

मङ्गलबार, २८ साउन २०७६, २२ : १२
मङ्गलबार, २८ साउन २०७६

धादिङ-ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ । 

धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर  पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप