डेब्यु फिल्मबाट रातारात हिट ‘प्रेम गीत’ की अनिता अहिले छिन् गुमनाम
मुम्बई– बलिउडमा कयौं यस्ता कलाकार छन् । जो एक समय सफलताको शिखरमा थिए । तर अहिले गुमनाम छन् । ती मध्येकी एक अनिता राज पनि हुन् ।
अनिता राज ८० को दशकमा निकै चर्चित थिइन् । सफलता पनि राम्रै मिलेको थियो । तर अहिले भने उनी फिल्म क्षेत्र र चर्चा भन्दा बाहिर छिन् । १३ अगस्ट १९६२ मा मुम्बईमा जन्मिएकी निता अभिनेता जगदीश राजकी छोरी हुन् । उनले १९८२ मा फिल्म ‘प्रेम गीत’ बाट अभिनयमा डेब्यु गरेको थिइन् । फिल्मको सफलताले उनी रातारात स्टार बनिन् ।
करिब १० बर्ष उनले फिल्म उद्योगमा सफलताको सिँढी चढिरहिन् । १९९२ मा उनले सुनिल हिंगोरानीसँग विवाह गरेर छोराको जन्मदिइन् । त्यसपछि उनी फिल्म अभिनयभन्दा बाहिर रहिन् । त्यसपछि २०१२ मा उनी एकपटक फेरि चर्चामा छाएकी थिइन् । यो समय उनी फिल्मभन्दा पनि श्रीमानको कारण चर्चामा छाएकी थिइन् । उनको श्रीमान्माथि महिलाहिंसाको आरोप लागेको थियो ।
अनिताले बलिउड छोड्दा उनका फ्यान निरास बनेका थिए । सोही कारण उनलाई सोधिएको थियो ‘कहिले बलिउड कबब्याक गर्ने ?’ राम्रो रोल मिले फेरि अभिनयमा आउनेछु उनको जवाफ हुन्थ्यो । अनिताले फिल्ममात्र होइन कयो टिभी सिरियलमा पनि काम गरेकी छन् । आशिकी, इना मिना डीका, २४ जस्ता टिभी शो पनि उनको अभिनय कारणले चर्चामा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी