शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीको पाइप पहिरोले बगाएपछि  १५ सय घरधुरी समस्यामा

शनिबार, २८ साउन २०७४, १७ : ४९
शनिबार, २८ साउन २०७४

तनहुँ-व्यास नगरपालिका वडा नं १ स्थित दमौली कराँदी खिरखाँदी तथा सरसफाई उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइप गएराती परेको पानी पछि गएको पहिरोले बगाउँदा उपभोग गर्दै आएका १ हजार ५ सय १६ घरधुरीमा खानेपानीको चर्को समस्या देखा परेको छ ।
     उक्त संस्थाले व्यास नगरपालिका वडा नं १३ र १४ को बीचमा पर्ने खिरखाँदी खोलाबाट करिव १३ किलोमिटर लामो दुरी देखि पानी ल्याएर व्यास नगरपालिका वडा नं १ का १ हजार ५ सय १६ घरधुरीलाई वितरण गर्दैै आएको पानीको पाइप नै बगाई दिएपछि गम्भीर समस्या देखा परेको हो ।

  बुद्धसिं मार्ग अन्र्तगत कैदिमघाट देखि करिव ३० मिटर माथि बनमा माथिबाट झरेको पहिरोले १ सय ६० एम एमको ७ वटा पोलिथिन पाइप बगाएपछि खानेपानी अवरुद्ध भएको समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

दैनिक एक जना समितिका पदाधिकारीको नेतृत्व विहिबार देखि दैनिक १० जना मजदुर लगाएर काम गर्दा पनि १० दिन अघि सम्पन्न गर्न नसकिने प्रविधिक टोलीको भनाइलाई उदृत गर्दै दमौली कराँदी खिरखाँदी तथा सरसफाई उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए ।

  उक्त समितिले कराँदी खिरखाँदी खानेपानी योजना सम्पन्न गर्नु अघि वितरण गर्दै आएको छाब्दी खोला र पम्पीङ गरेको पानीले मात्रै धान्न नसक्ने भएपछि व्यास १ स्थित गल्बुबेसी, भादगाउँ, विज्ञानचौर, कराङकाठ, मोहरियाटार, चारकुने लगायतका बस्तीहरुमा तीन दिनमा एक दिन पानी वितरणको व्यवस्था मिलाइएको सचिव हड्खलेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप