सिपाडोलका बासिन्दाले एक्कासि बारीभरि प्रहरीको हुल देखेपछि...
भक्तपुर– सिपाडोल ठुलोगाँउका बासिन्दा एकाएक बारीभरि एक्कासि प्रहरीको हुल देखेपछि अचम्ममा परे । मंगलाबार मध्याह्न सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलको ठुलोगाँउमा महानगरिय प्रहरी वृत्त जगातीको टोली पुग्यो ।
प्रहरी नायव उपरिक्षक चक्रराज जोशी नेतृत्वको प्रहरी टोलीले लागूऔषधको रुपमा प्रयोग हुने गरेको गाँजा नष्ट गर्न उक्त स्थानमा पुगेको थियो । प्रहरी नायव उपरिक्षक जोशी आफैं हातमा हसिया बोकेर गाँजा नष्ट गर्न सक्रिय भएका थिए ।
प्राकृतिक रुपमा आफैंनै उम्रेका गाँजा स्थानीयका बारीभरि थिए । तर त्यसलाई नष्ट भने बारीधनीहरुले गरेको देखिएन । प्रहरी बारीभरि देखेका स्थानीयहरुले गाँजाको बोट नष्ट गर्न सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
समाजमा विकृति फैलाउने र कूलतलाई बढ्वा दिने गाँजालाई यो समयमा नष्ट गर्न सके त्यसको असर कम हुने प्रनाउ जोशीले बताए ।
स्थानीयको मकैबारी, तरकारी खेतीमा जताततै लागूऔषध गाँजाका बोट थिए । केही घरमा फुलबारीभन्दा पनि गाँजाको घारी धेरै भएकाले पनि प्रहरीले केही दिन यता भक्तपुरमा यो अभियान चलाउँदैं आएको छ । मंलबारमात्र ८ हजारभन्दा धेरै गाँजाका बोटहरु नष्ट गरिएको प्रहरी वृत्त जगातीका प्रमुख जोशीले जानकारी दिए ।
आइतबार पनि प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफैं उम्रेका ४ हजार २ सय गाँजाका बोटहरु नष्ट गरेको थियो । भक्तपुरलाई लागूऔषध मुक्त जिल्ला बनाउने प्रहरीको अभियानमा यस्ता खालका गतिविधिले सहयोग पुग्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न