शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आरक्षण कार्यान्वयन गर्न माग गर्दै बालुवाटारमा विरोध प्रदर्शन (फोटोफिचर)

मङ्गलबार, २८ साउन २०७६, १७ : २५
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं– विभिन्न जनजातिसँग सम्बन्धित संघ–संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् । संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् । 

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप