शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोविन्द केसीको माग पूरा भइसक्यो, अब अनशन तोडिन्छः शिक्षामन्त्री

शनिबार, २८ साउन २०७४, १७ : २७
शनिबार, २८ साउन २०७४

काठमाडौ – उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले आजै नभए भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । 
राजधानीमा आयोजित शंखादेवी भूपू विद्यार्थी समाजले अयोजना गरेको सम्मान तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले अब केसीले केसीका माग पूरा भइसकेकाले अनशन तोडिने बताए ।
शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएपछि असन्ुतष्ट देखिएका श्रेष्ठले अब झिना मसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गरेका छन् । नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बन्नुहुँदैन, श्रेष्ठले भने ।
श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्दै अब केसीले अनशन तोड्ने विश्वास लिएका छन् । यसअघि केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि गोविन्द केसी अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताए । एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमा नै विधेयक संसदीय समितिबाट पारित गराउन नसकिएको श्रेष्ठको जिकिर छ ।
अर्को सन्दर्भमा मन्त्री श्रेष्ठले अस्थायी शिक्षकको माग पूरा गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप