शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनकारीले बनाए हङकङ विमानस्थल अस्तव्यस्त : सयौँ बढी उडान रद्द

मङ्गलबार, २८ साउन २०७६, १६ : १६
मङ्गलबार, २८ साउन २०७६

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले ३०० भन्दा बढी उडानहरु रद्द गरेको छ । मानिसको ठूलो समूहले विमास्थलमा आएर विरोध गरेका कारण विश्वकै सबैभन्दा ठूलो ‘ट्राभल हव’ अवरुद्ध भएको हो ।

सोमबारको मध्यरातदेखि मंगलबारको ११ः५५ साँझसम्म विमानस्थल बन्द गरिएका कारण बिहान ८ बजेसम्म बिहानका १६० उडान र विभिन्न गन्तव्यबाट हङकङ एयरपोर्टमा हुने १५० आगमन रद्द भएका छन् ।

चेकजाँच गराउने काउन्टरमा यात्रुहरुको लामो लाइन लागेका छन् । अरुहरु रातभर विमानस्थलमा सुतिरहेका थिए ।

आगमन कक्ष पूरै खाली थियो, केही अन्दोलनकारीहरु प्लेकार्ड बोकेर आगमनकक्ष क्षेत्रमा बाँकी थिए ।

हङकङ विमानस्थलका अधिकारीले उडानमा असर पर्ने देखेर आइतबारको उडानतालिका हेरफेर गरेको थियो ।

यात्रुहरुलाई विमानस्थल निस्कनुभन्दा पहिला एपमार्फत सूचना लिएर आफ्नो उडान सुनिश्चित गर्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप