बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा लोकसेवा आयोगका अध्यक्षको सपथ

मङ्गलबार, २८ साउन २०७६, १३ : ५९
मङ्गलबार, २८ साउन २०७६

बुटवल– प्रदेश ५ मा प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले सपथ लिएका छन् । भट्टराईले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनको सपथसँगै प्रदेशमा कर्मचारी भर्नाको लागि बाटो खुला भएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिशका आधारमा प्रदेश प्रमुखले भट्टराईलाई साउन १३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा रहेको ३ सदस्यीय समितिले महेन्द्र बहुमुखी क्याम्पस दाङमा गणित विभाग प्रमुख रहेका सन्धिखर्क १० अर्घाखाँचीका बासिन्दा प्राध्यापक डिलाराम भट्टराईलाई लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप