शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ सरकारका आठ निर्णय: जनप्रतिनिधिलाई दोहोरो सुविधादेखि कर्मचारीलाई अवकाशसम्म

मङ्गलबार, २८ साउन २०७६, १३ : ५३
मङ्गलबार, २८ साउन २०७६

बुटवल– प्रदेश ५ को मन्त्रिपरिषद बैठकले जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउनेदेखि सीप विकास तालिम केन्द्रका कर्मचारीलाई अवकास दिनेसम्मका ८ निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ वटा एजेण्डामा छलफल गरी निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । 

त्यस्तै बैठकले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने व्यवस्था गरेको छ । यसअघि स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था रहेपनि आज बसेको मन्त्रिपरिषद बैठकले उक्त सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुल्ला गरिदिएको हो ।

बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेपछि सुविधा लिने बाटो खुलेको छ । दोहोरो सुधिवा लिने जनप्रनितिधिहरुले मुद्धा हाल्ने सम्मको चर्चा आएपछि प्रदेश सरकारले  सुविधा प्रदान गर्ने निणर्य गरेको हो ।  

आजकै बैठकले सीप विकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकास दिने दिने निर्णय गरेको छ । केन्द्रमा कार्यरत करार र स्थाई कर्मचारीहरुलाई दिनुपर्ने रकम प्रदान गरेर बिदाई गर्ने मन्त्री चौधरीले बताए । उनले त्यसका लागि करिब १ करोड रुपैयाँ लाग्ने जानकारी दिए । 

प्रदेश ५ को बुटवलमा रोजगार सूचना केन्द्र, दाङ र नेपालगञ्जमा सीप विकास केन्द्रको कार्यालय रहेका छन । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियमअनुसार सुबिधा दिई अवकास दिने निर्णय गरिएको हो । यस्तै सुद्धोधन गाउँपालिकाको केन्द्र दुई तिहाईबाट ठुलो नन्दनमा सार्ने निर्णय भएकोले उक्त निर्णय पनि अनुमोदनसहित पारित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप