बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हजार जुनीसम्म’ ले फर्काउला त आर्यनको क्रेज ?

मङ्गलबार, २८ साउन २०७६, १३ : ११
मङ्गलबार, २८ साउन २०७६

काठमाडौं – पछिल्लो समय क्रेज गुमाएका अभिनेता धेरै छन् । ती मध्यका एक आर्यन सिग्देल पनि हुन् । एक समय राम्रो क्रेज भएका सिग्देलको अहिले दर्शकमा खासै क्रेज छैन ।  उनको फिल्म नआएका कारण क्रेज नभएका पनि होइन । फाट्टफुट्ट फिल्म आइरहेको छ । केही पहिले उनको ‘कायरा’ फिल्म आएको थियो । तर, उक्त फिल्मले उनको क्रेज फर्काउन भने सकेन ।

आर्यनको अर्काे नयाँ फिल्म ‘हजार जुनीसम्म’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य निर्देशित यो फिल्मले आफ्नो क्रेज फर्किनेमा उनी विश्वस्त छन् । केही दिन पहिले आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा पनि उनले यो यही कुरा दोहोर्याएका थिए । 

नेपाली फिल्म अभिनयमा ‘किस्मत’ बाट डेब्यू गरेका उनको एक समय लोभलाग्दो हाइप थियो । चकलेटी अनुहार भएका उनको हेर्न यूवायूवती मरिहत्ते गर्दथे । तर पछिल्लो समय उनको फिल्ममा दर्शकले त्यति चाहना देखाएका छैनन् । 

अहिले आउन लागेको ‘हजार जुनीसम्म’ मा भने दर्शकले चासो  देखाउने आर्यनले बताए । फिल्ममा उनले पाको ब्यक्तिको भूमिका निर्वाह गरेका छन्  । यो भूमिकाका लागि उनले आफ्नो तौल बढाएर ८५ केजी पुर्याएको खुलाए ।

फिल्ममा उनको दाह्री र कपाल समेत सेतो बनाइएको छ । फिल्मको कथाले आफ्नो कपाल र दाह्री यस्तो मागेको उनले बताए । फिल्ममा मैले सिद्धान्त क्षेत्रीको भूमिका निर्वाह गरेको छु । सो भूमिका स्टाइलिस छ, सबैसँग बसेर मदिरा पिउँछ । उसको उमेर धेरै भएको छैन । उसको जीवन जिउने शैलीमा धेरै परिवर्तन नै आएको छैन । उ उमेरमा धेरै बृद्ध होइन । तर बृद्ध देखिन्छ ’ उनले फिल्मको केही विषयवस्तु खेले ।

फिल्म विषयवस्तु राम्रो लागेकोले उनले अभिनय गरेका हुन् । फिल्म क्षेत्रमा बनेर खस्किको आफ्नो क्रेज यसले फर्काउने उनको विश्वास छ । ट्रयाजेटी र प्रेमले भरिएको मनोरन्जनात्मक कथामा फिल्म बनेकोले दर्शकले पनि निरास हुनु नपर्ने उनले सुनाए ।

‘हजार जुनीसम्म’ आर्यनको अलवा स्वस्तिमा खड्काको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक समेत रहेकी अभिनेत्री  दीपाश्री निरौलाले आइटम गरेकी छन् । फिल्ममा नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी लगायतलाई पनि देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप