शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथर नरसंहारमा बाँचेकी सीता खजुमलाई एनआरएनए मलेसियाद्वारा १ लाख सहयोग

मङ्गलबार, २८ साउन २०७६, १२ : १९
मङ्गलबार, २८ साउन २०७६

काठमाडौँ । गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको परोपकारी परियोजनाअन्तर्गत पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच सीताकी आमा बुद्धमाया फियाकलाई सो रकम हस्तान्तरण गरिएको हो ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।

सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ हत्याकाण्डको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए ।

सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सही सदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए ।

गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप