शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दरताको होडमा कुरुप बनेका चर्चित सुन्दरी

मङ्गलबार, २८ साउन २०७६, ११ : १३
मङ्गलबार, २८ साउन २०७६

हलिउड, बलिउड होस् वा टेलिभिजन स्टार सबैलाई सुन्दरी र सबैभन्दा फरक देखिने होड नै चलेको छ । ग्ल्यामरस दुनियाँमा आफूलाई फरक रुपमा उभ्याउँन जे पनि गर्न पछाडि पर्दैनन् । विशेषः यो क्षेत्रका सुन्दरीहरुमा आफ्ना अंगहरुलाई नयाँ स्वरुप दिन निकै शौख बढ्दै गएको छ । त्यसको लागि प्लास्टिक सर्जरीको साहारा लिने प्रचलन बढ्दै गएको छ ।

धेरैजसो सुन्दरीहरुले आफ्नो ओठलाई आर्कषक बनाउने, स्तनलाई कसिलो र ठूलो बनाउने, नाकलाई सही आकार दिने साथै आफ्नो रङ्गलाई पनि परिवर्तन गर्ने गरेका छन् । प्लास्टिक सर्जरी सुन्दर बनाउने प्रविधि हो । तर यो कहिले काँही बिग्रिदा यसले रुपलाई बिरुप पारिदिन्छ । 

बलिउड र हलिउडमा प्लाष्टिक सर्जरीको साहारा लिएर आफूलाई सुन्दर बनाउँन खोजेका धेरै सुन्दरीले आफ्नो वास्तविक सुन्दरता गुमाएर कुरुप बनेका छन् । 

कोइना मित्रा 
पहिलोपटक बलिउड अभिनेत्री कोइना मित्राको प्लाष्टिक सर्जरीका कारण सुन्दरता गुम्यो । उनले सन् २०११ मा नाकको प्लाष्टिक सर्जरी गराएकी थिइन् । उनले गराएको प्लाष्टिक सर्जरी बिग्रियो ।

उनले एक अन्तर्वार्तामा प्लाष्टिक सर्जरीको ‘साइड इफेक्ट’ ले हड्डी फुलेको र डाक्टरले पनि औषधि र भगवान् भरोषा छोडिदिएको बताएकी थिइन् । 

अमोन्डा लेपोर 
ट्रान्सजेन्डर मोडेल तथा रेकर्डिङ्ग आर्टिस्ट अमोन्डा लेपोरले जवान देखिनको लागि सर्जरी गराएकी थिइन् । सर्जरीपछि उनी अजिब देखिन थालिन् । 

आयशा टाकिया
बलिउडमा आफ्नो ‘क्युटनेश’ ले धेरैको मनमा बस्न सफल भएकी आयशाले थुप्रैपटक सर्जरी गराएकी थिइन् । तर पछिल्लो पटक उनको अनुहार विग्रियो ।

फराह अब्राहम
अमेरिकी रियालिटी शो स्टार तथा मूजिशियन फराह अब्राहमले ओठको सर्जरी गराएकी थिइन् । पहिलो पटक सर्जरी बिग्रिएपछि उनलाई डाक्टरले फेरि सर्जरी नगर्न सुझाव दिएका थिए तर उनले डाक्टरको सल्लाह मानिन् र उनले दोस्रो पटक सर्जरी गर्दा सुन्दरता गुमाइन् ।

मोनी रोय
मोनी रोयले ओठ बढाउनको लागि र रङ्ग सफा गर्नको लागि सर्जरीको सहारा लिएकी थिइन् । तर उनको ओठ धेरै फुलेपछि उनी ट्रोलको सिकार भइन् । 

डोनाटेला वर्सेस
चर्चित इटालियन फेशन डिजाइनर डोनाटेला वर्सेसले पनि सर्जरी गराएका कारण आप्नो अनुहारको सबै रुपरङ्ग नै बिगारिन् । 

कोर्टनी लव
रक स्टर, गायिका तथा लेखक कोर्टनी लवले आफ्नो ओठको सर्जरी गराएकी थिइन् । तर यसमा उनको अनुसहार बदलिएर गयो । 

सलीन वाइल्डस्टिन
जोसलीन वाइल्डस्टिन अमेरिकी सामाजिक अभियन्ता हुन् । उनको प्लास्टिक सर्जरीपछि अनुहार विग्रिदै गयो । उनले करिब ११ पटक सर्जरी गराएकी थिइन् । उनले ओठ, आइब्रोको पनि सर्जरी गराएकी थिइन् । जसले गर्दा उनको अवस्था निकै नराम्रो भयो । सर्जरी पछि उनलाई सिंह जस्तै देखिन थाल्यो ।

किम्बर्ली जोन्स
अमेरिकन पप र्यापर, मोडल तथा अभिनेत्री किम्बर्ली जोन्सले पनि आफ्नो ओठ, स्तन र नाकको सर्जरी गराएकी थिइन् । सर्जरी पछि उनको अनुहार झनै विग्रियो ।

मेलानी ग्रिफिथ
अमेरिकी फिल्म, स्टेज तथा टेलिभिजन अभिनेत्री मेलानी ग्रिफिथको अनुहार सर्जरीको कारण पूरै बदलियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप