दिल्ली एयरपोर्टलाई बचाउन सके बचाउ भनेर धम्कीयुक्त फोन आएपछि....
दिल्ली एयरपोर्टमा सोमबार एउटा फोनले दिल्ली पुलिसलाई समस्यामा पार्यो । टर्मिनल–२ मा एक व्यक्तिले बेलुकी ८ बजेर ४९ मा दिल्ली पुलिसलाई एयरपोर्टलाई बचाउन सके बचाउ भन्ने धम्कीयुक्त फोन आयो । फोन राखेलगत्तै अनुुसन्धान सुरु भयो र केहीबेरमै फोन गर्ने व्यक्तिको पहिचान गरियो । पक्राउ परेका व्यक्तिले फोन गरेको अस्विकार गरे । पुलिस अनुसन्धानमा जुटेको छ र एयरपोर्टमा छानबीन भइरहेको छ ।
अबेर राती घटनाको पुष्टि गर्दै आइजीआई हवाईअड्डाका पुलिस उपायुक्त संजय भाटियाले भने, ‘राती करिब साढे आठ बजे हवाई अड्डाको टर्मिनल–२ मा बम राखेको सूचना दिल्ली पुलिस कन्ट्रोल रुमले पायो । सूचना दिने व्यक्तिले इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाईअड्डाको टर्मिनल–२ मा बम राखिएको बताए । उनले बमलाई बिस्फोट हुनबाट रोकेर देखाउ भनेर चेतावनी पनि दिए ।’
Sanjay Bhatia, DCP (Airport): A person called up Delhi airport terminal-2 and said he had placed a bomb at the airport. He later denied when police identified him. Police is still carrying out a search as a precautionary measure. pic.twitter.com/Z251d90sC3
— ANI (@ANI) August 12, 2019
सूचनापछि गुप्चर र सुरक्षा एजेन्सीमा खलबली मच्चियो । निकै हतारमा बीटीएसी (बम थ्रेट असिस्मेन्ट कमेटी) भनिएको स्थानमा पुग्यो । तर जताततै खोजेपनि केही शंकास्पद वस्तु भेटिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै