मुख्य भन्सार नाकाबाटै सबैभन्दा बढी राजस्व छली
देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् ।
राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।
विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ । जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ ।
भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु