शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनिक भवन निर्माणका लागि  करोडौंको जग्गा दान

सोमबार, २७ साउन २०७६, २२ : ५१
सोमबार, २७ साउन २०७६

सिरहा- गोलबजार नगरपालीकाले नगरपालीकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा दानगर्नुहुने तीनजना दाताहरुलाई आज एक सम्मारोहबीच सम्मान गरेको छ । गोलबजारको मध्यभागमा पर्ने वार्डन्वर ६ मा प्रशासनिक भवन निर्माणको लागि करोडौं मूल्यको १२ कठ्ठा जग्गा जग्गादाताहरु धर्मसिंह लामा, पदमलाल लामा र नवल कुमार लामालाई नगर प्रमुख देवनाथ साहले दोसल्ला ओडाएर सम्मान गरेका हुन् । 

सोही क्रममा दाताहरुले प्रदान गरेको १२ कठ्ठा जमिनमा प्रशासनिक भवनको गोलबजार नगरपालिका प्रमुख साहले शिल्यान्यास  गरेका हुन्  । स्थानीय मूल्यअनुसार जमिनको प्रतिकठ्ठा ३० लाख रहेको वडा अध्यक्ष बसन्त लामाले जनाए ।  सो मूल्यको आधारमा ३ हजारे ६० लाख मूल्यको जमिन दान गरिएको छ । 

भवन शिल्यान्यास गर्दै साहले स्थानीय जनताको योगदानकै कारण आज प्रशासनिक भवन शिल्यान्यास सम्भव भएको भन्दै दाताहरुको प्रसंशा गरे । उनले भने, “गोलबजार नगरपालीकाका धेरै सार्वजनिक संस्थाहरुकालागि यहाँका दाताहरुले जमिन दान गर्दै आएको छ, सोही क्रममा आज नगरपालीकाकाको प्रशासनिक भवनका लागि पनि दाताहरुले जमिन उपलब्ध गराए, उहाँहरुलाई धेरै धेरै धन्यवाद छ ।”

मेयर साहले अझैपनि सागुरो र बजारक्षेत्रमा रहेको भवनबाट नगरको कामकाज संचालन हुँदै आएको बताउँदै अब वन्ने सुविधासमपन्न भवनले कार्यसम्पादनमा झन बल पुग्ने विश्वास व्यक्त गरे । उनले भवन निर्माणको ठेक्का १७ करोड १७ लाखमा लागिसकेको जानकारी दिए । उनले तीनवर्षभित्र भवन निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीसँग सम्झौता भएको भएपनि आफ्नै पालामा नयाँ भवनमा सवै कार्यालय सार्ने लक्ष्यलिएको पनि जनाए । 

शिल्यान्यास कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत श्रीधर केसीले नगरको समग्र विकासको लागि कर्मचारी र जनप्रतिनीधिले काम गर्ने थलोको पनि महत्वपूर्ण योगदान रहेने बताए । उनले अहिले जस्तो अवस्थामा बसेर हामी काम गरिरहेका छौं, सुविधासम्पन्न भवन बन्दा यो भन्दा पनि राम्रोसँग कार्यसम्पादन गर्न सहज हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप