शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी बालस्याहार केन्द्रमा आगलागी, ५ जनाको मृत्यु

सोमबार, २७ साउन २०७६, १९ : ३५
सोमबार, २७ साउन २०७६

वासिङ्टन– अमेरिकाको एउटा दिवा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार घटनाका बारेमा उनीहरुले थप अनुसन्धान गरिरहेका छन् ।

पेन्स्याल्भानियामा रहेको स्याहार केन्द्रमा आगलागी भएकोमा बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएका जनाइएको छ ।

स्थानीय अग्नि नियन्त्रण प्रमुख गुय सन्तोनले मृत्यु भएका बालबालिकाहरू आठ महिनादेखि सात बर्षसम्मका रहेको बताए ।

आइतबार बिहान बालबालिकाहरू सुतिरहेका बेला दोस्रो तलामा आगलागी भएको उनले जानकारी दिए । 

आगलागी भएको २५ मिनेट भित्रमै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । उनीहरुले घरको पहिलो तलाको झ्यालबाट ठूलो आगोको मुस्लो बाहिर निस्किरहेको देखेको बताएका छन् ।  

तल पहिलो तलामा आगलागी भएपछि दोस्रो तलामा रहेका बालबालिकाहरु थुनिएको र बाहिर निकाल्न नसकिएको उनीहरूको भनाई छ । 

‘अग्नि नियन्त्रकहरुले घटनास्थलमा पुग्ने वित्तिकै आगो निभाउन धेरै प्रयास गरे, तर आगो निभाउन नभ्याउँदै ती बालबालिकाहरुको मृत्यु भयो,’ सान्तोनले भने । 

उनले भने, ‘हामीले पाँच बालबालिकालाई बाहिर निकाल्न सफल त भयौँ, तर दुर्भाग्य उनीहरुको मृत्यु भइसकेको रहेछ ।’

आफ्नै घरमा स्याहार केन्द्र चलाएकी संचालक एलाइन हारिस भने आफुलाई आगोले पोल्न थालेपछि भागेर आफै अस्पताल गएकी छन् । उनी आफै सवारी चलाएर अस्पताल गएको र भाग्दै गर्दा बाटोमा दुर्घटना भएपनि अहिले अस्पतालमा उपचार भइरहेको छ । –एएफपी/ photo: Getty images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप