शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन चीनको अध्यक्ष पदमा  नबिन बिक नलड्ने, प्रदीप न्यौपानेलाई समर्थन गर्ने

शनिबार, २८ साउन २०७४, १६ : ४७
शनिबार, २८ साउन २०७४

एनआरएको बिश्व सम्मेलन नजिकदै गर्दा संसारभरका देशमा एनआरएको नयाँ नेतृत्व चयनको लागि चुनाबी माहोल तातेको छ। यहि क्रममा देश चीनमा पनि चुनाबी माहोल तातिनु स्वाभाविक नै हो ।   आगामी अगस्ट २६ तारिखको दिन चीनको गोनजाउ शहरमा चुनाबको मिती तोकिएको छ।

चुनाबको मिति भन्दा धेरै पहिला देखिनै अध्यक्ष पदका प्रबल दावेदार तथा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष नबिन बिकले प्रदीप न्यौपानेलाई समर्थन गरेका छन। बिक भन्छन,'अहिले संसार भर नै पदकै लागी  झै झगडा,गुट उपगुट बनाएर संस्थालाई नै जीर्ण र शिथिल बनाउने काम भएको छ। त्यसैले हामीले ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको हितको लागी सोच्न र निर्णय लिन सक्नु पर्छ,संस्था स्वच्छ र बलियों भए नै समाजलाई संस्थाले योगदान दिन सक्छ, त्यसैले पदकै लागी भनेर संस्थालाई कमजोर बनाउनु हुदैन, हाम्रो अलिकति बलिदानले संस्था र समाजलाई फाईदा हुन्छ भने किन नगर्ने ? 


बिक संस्थापना कालदेखी एनआरएनमा लागेका लामो र राम्रो अनुभब सम्हालेका ब्यक्तित्व हुन । उनले २ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षमा रहेर कामगरी सकेको अनुभब छ ।  अन्तराष्ट्रीय समुदायमा  उनको ब्यापक राम्रो सुढृद संजाल भएको हुँदा संस्थालाई अगाडी बढाउनलाई तथा संस्थालाई सुढृद बलियो र सक्षम बनाउनलाई राष्ट्रीय र अन्तराष्ट्रीय समितिको बिचमा पुलको भुमिका खेलेर अन्तराष्ट्रिय केन्द्रीय सदस्यको पदमा रही सहयोग गर्न न्यौपानेले अनुरोध गरेका थिए। न्यौपानेले बिकले उठाएका चुनाबका एजेण्डाहरुलाई पनि सम्बोधन गरेर अघिबढने आश्वासन दिए पछि संस्थाको हितको लागी आफ्नो अध्यक्ष पदको दावा छाडी अन्तराष्ट्रीय केन्द्रीय सदस्य जान तयार भएको बताए। जुन पदिय हिसाबले राष्ट्रीय समिति अध्यक्षको पदभन्दा माथी हुन्छ।


 को हुन प्रदीप न्यौपाने ?

नुवाकोटमा जन्मिएका प्रदीप अहिले काठमाडौका पनि स्थायी बासिन्दा  हुन र ब्यापार को शिलशिलामा १५ बर्ष पहिला चीनको गोनजाउ आई पुगेका हुन।
उनले तयारी पोशाक, जुत्ता, भवन सामग्री  फर्निचर लगायतका सामानहरु नेपाल भारत लगायत बिभिन्न देशमा निर्यात गर्छन । उनले २००९ देखि कार्यकारी सदस्यमा  बसि संस्थामा सेवा दिन सुरु  गरेका थिए l  सचीब जस्तो  पदमा बसेर दुई कार्यकाल संस्था चलाएको गतिलो अनुभब उनि संग छ। उनले नेपालदेखि चीनको बिभिन्न क्षेत्रमा  पनि ब्यक्तीगत वा संस्थागत रुपमा पनि धेरै समाज सेवा गरेका छन । 

 दुई बर्ष पहिला नेपालमा गएको विनाशकारी भुकम्पको बेलामा चीनले १.५ करोड सहयोग गरेको थियो जसमध्यो ५४ लाख रुपैया प्रदीपले मात्रै फुजीयन प्रान्त बाट उठाएका थिए । न्यौपाने स्वच्छ छबि, सबै संग मिल्न सक्ने र सहयोगको भावनाले ओतप्रोत भएका व्यक्तित्व भएका युवाको रुपमा चीनमा परिचित छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप