शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वन र वन्यजन्तु संरक्षण गर्न अनुसन्धान सुरु

सोमबार, २७ साउन २०७६, १७ : २३
सोमबार, २७ साउन २०७६

बुटवल– रुपन्देहीस्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले वन तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले अनुसन्धान सुरु गरेको छ ।  प्रतिष्ठानले रोहिणी गाउँपालिका वडा नं २ र ३ मा रहेको सामुदायिक वनमा अनुसन्धान थालेको कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

यस्तो छ सम्झौता 
प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले डिभिजन वन कार्यालय, रोहिणी गाउपालिका, रोहिणी सामुदायिक वन उपभोक्ता समिति र गौतमवुद्ध सामुदायिक वन उपभोक्ता समितिलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने सम्झैता भएको छ । सम्झौतामा गाउँपालिकाको तर्फबाट अध्यक्ष सनोजकुमार यादव, प्रतिठानको तर्फबाट अध्यक्ष विजया केसी, वन डिभिजनका तर्फबाट प्रमुख इन्द्रबहादुर पछाई, रोहिणी वन उपभोक्ता समितका तर्फबाट अध्यक्ष रामचन्द्र मल्लाह, गौतमुबद्धको तर्फबाट अध्यक्ष माधव कुर्मीले हस्ताक्षर गरेका छन् । 

‘घट्दै गएको जैविक विविधता र हरित स्थलको कारण वासिन्दाहरुमा स्वच्छ हावा तथा जीवनस्तरमा प्रत्यक्ष असर पर्न थालेको तथ्यहरुलाई मनन् गर्दै, जलबायु परिवर्तनका नकारात्मक असरहरुसंग जुध्नका लागि हामीले यो सम्झौता गरेका हौं’, प्रष्ठिानकी अध्यक्ष केसीले भनिन्  ।

प्रतिष्ठानले रोहिणी नदी किनारमा रहेको रोहिणी सामुदायिक वनको ९.२५ हेक्टर क्षेत्रफल र गौतम वुद्ध सामुदायिक वनको ९.८९ हेक्टर क्षेत्रफलमा पर्ने वनको क्षेत्र कायम, बचावट तथा पुनस्र्थापना गर्न यहाँका संस्थाहरुसँग हातेमालो गर्ने छ । ‘बर्सेनी वन क्षेत्र मासिँदै छ, वन्यजन्तुको वासस्थान लोप हुँदै गएको छ । यसले मानव स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पारेको छ । यस्तो अवस्था प्रतिष्ठानले थालेको अनुसन्धान र संरक्षण अभियानले वन र वन्यजन्तु बचाउनु महत्वपूर्ण भूमिका खेल्नेछ’, डिभिजन वनका प्रमुख पछाईले बताए ।

प्रतिष्ठानले कसरी गर्छ संरक्षण ?  

प्रतिष्ठानले पहिलो चरणमा वनको संरक्षण दीर्घकालीन योजना, वन्यजन्तुको वासस्थान, त्यहाँ बस्न सक्ने जीवजन्तुको तथ्यांक संकलन, वन संरक्षण नीति, स्थानीय साझेदारी, स्थानीयको भूमिका छलफल चलाउने छ । त्यसले मानव एवं वन्यजन्तुमा पार्ने प्रभाव, हरित गृह निर्माण, पर्यटन प्रबद्र्धन योजना, वातवरणीय, जैविक र सामुदायिक मूल्याँकन, कार्यक्रम सञ्चालन गर्न स्रोत पहिचान, शिक्षा, अुसन्धान, वातावरणीय जैविकता र पर्यावरणीय नैतिकताको विकास, अवलोकन स्थल,सिमसार, चरा आश्रय, नयाँ प्रजातिको परिचय दिलाउने काम गर्दछ । 

आश्रय क्षेत्रको अध्ययन र सम्भावना लगायत विषयवस्तुलाई समेटेर गुरुयोजना निर्माण सुरु गरेको छ । गुरुयोजना निर्माण पछि यसलाई कार्यान्वनमा लगिने छ ।  वन क्षेत्र जिल्ला सदरमुकाम भैरहवादेखि ४ किलोमिटर दूरीमा पर्छ । यहाँको वन संरक्षण भएमा भैरहवा क्षेत्रको वातावरणलाई पनि स्वच्छ राख्न सहयोग पुग्नुका साथै सहरी क्षेत्रबाट नजिक पर्ने हुँदा वन्यजन्तुको अवलोकन गर्न, प्रकृति र पदयात्रा गर्न, शैक्षिक भ्रमणमा जान र खोजअनुसन्धान गर्न धेरै नागरिकको सहज पहुँच हुने छ । 

पाँच पक्षबीच वन क्षेत्र संरक्षण, चराचुरुङ्गीको प्राकृतिक वासस्थान निर्माण, मानवीय क्रियाकलाप व्यवस्थित गर्न, वनलाई पर्यावरणी रुपमा विकास गर्न, सहरी वन्यजन्तुको आश्रय सिर्जना गरिने भए पछि यहाँका स्थानीय, वन संरक्षण अभियन्ता, वातावरण विज्ञ, चरा विद्, वन्यजन्तुविद् खुशी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप