बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोले जित्यो दुई अवार्डः ‘बेष्ट फोन म्यानुफ्याक्चरर’ र ‘बेष्ट डिजाइन ईन २०१९’

सोमबार, २७ साउन २०७६, १६ : ३९
सोमबार, २७ साउन २०७६

काठमाडौं– विभिन्न दुर सञ्चार ब्राण्डका बीच तुलनाका लागि ख्यातीप्राप्त “कम्प्यारिजन” साइट ह्विसलआउटले स्मार्टफोन ब्राण्ड ओपोलाई फोन म्यानुफ्याक्चरर आफ द ईयर २०१९ उपाधीबाट सम्मानित गरेको छ । 

साथै, ओपो रेनो ५जीलाई समेत साइटले उत्कृष्ट फोन डिजाइन फर २०१९ उपाधीपनि प्रदान गरेको छ । 

ह्विसलआउट अवार्ड्सले अष्ट्रेलियन नागरिकहरुलाई  विभिन्न विधामा लगातार उत्कृष्ट उत्पादन, सेवा तथा योजना प्रदान गर्ने दुरसञ्चार क्षेत्रका कम्पनीहरुको योगदान मुल्याङकन तथा पहिचान प्रदान गर्ने कार्य गर्दै आइरहेको छ । 

यस बर्षको ह्विसलआउट फोन अवार्ड्सको निर्णायकमा विज्ञ सम्पादकहरुको समूहले स्मार्टफोनलाई तिनको मूल्य, कार्य प्रदर्शनी, ब्याट्री, स्क्रिन, क्यामेरा, डिजाइन र समग्र प्रयोगकर्ता अनुभवका आधारमा सन् २०१९का उत्कृष्ट स्मार्ट फोन्स तथा निर्माताको चयन गरेका थिए । 

ह्विसलआउटका प्रबन्ध सम्पादक एलेक्स कोरोसले ओपोले स्मार्टफोन बजार परिमार्जन गर्नुका साथै अष्ट्रेलियनहरुका लागि अद्वितीय प्रस्तावहरु प्रदान गरिरहेको विश्वास ब्यक्त गरे । विगत १२ महिना ओपोले उत्साहजनक परिपक्वता प्रस्तुत गरेको छ । 

कम्पनीले कसैलाई पछ्याउने भन्दा स्मार्टफोन निर्माता तथा नवप्रबर्तकका रुपमा आफ्नो छुट्टै पहिचान कोरिरहेको छ । ओपोले ट्रेन्ड पछ्याउने भन्दा आफैँ ट्रेन्ड बसाउने कार्य गरिरहेको एलेक्सले बताए ।

ओपो अष्ट्रेलियाका प्रबन्ध निर्देशक माईकल ट्रानले यो अवार्डले अष्ट्रेलियामा ओपोको सफलताको प्रतिनिधित्व गरेको विश्वास ब्यक्त गरे । उनले यसको श्रेय कम्पनीको स्मार्टफोन नवप्रबर्तन र डिजाइनलाई दिए । 

निर्देशक ट्रानले स्मार्टफोन डिजाइनलाई पूर्ण परिभाषित गर्न कुनै सिमानाको परवाह नगर्ने जमर्को अष्ट्रेलियन उपभोक्ताले मनपराएको र बर्षकै उत्कृष्ट फोन निर्माता बन्न पाउनु समग्र समुहको उत्कृष्ट फोन बनाउने अथक प्रयास र मिहेनतको प्रतिफलका रुपमा लिएको बताए ।

उनले भने “हामीलाई थाहा छ, अष्ट्रेलियन उपभोक्तालाई फूल स्क्रिन डिस्प्ले, राम्रो ब्याट्री आयू र सुन्दर डिजाइन सहितको फोन मनपराउँछन् । ओपो रेनो ५जीमा यी सबै विशेषता समाहित छन् । फोनमा रहेको नवप्रबर्तनात्मक शार्क–फिन डिजाइन क्यामेराका कारण यसमा पृथक फूल स्क्रिन डिस्प्ले उपलब्ध छ, भोक ३.० फास्ट चार्जिङ प्रविधि सहितको शक्तिशाली ब्याट्री र ५जी सञ्जालमा उत्कृष्ट कार्य प्रदर्शनी  फोनका विशेषता हुन् । साथै, हामी स्मार्टफोनको परम्परागत डिजाइनलाई चुनौति प्रदान गर्ने नयाँ उत्पादनहरु बजारमा ल्याउन सदैव तत्पर रहन्छौँ ।”

ओपोले स्मार्टफोन डिजाइन तथा नवप्रबर्तनका लागि आफ्नो निरन्तर मिहेनत कायम राख्ने छ । पछिल्लो हप्ता मात्रै कम्पनीले स्मार्टफोन डिजाइनमा आफ्नो नयाँ प्रस्तुति कभ्र्ड डिस्प्ले सहितको पूर्ण फूल स्क्रिन दृश्यानुभव दिने “वाटरफल स्क्रिन”को घोषणा गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप