एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ
जनकपुर– जनकपुरमा एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहँदा ५ जना पक्राउ परेका छन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए ।
सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस प्रथम सेमेस्टरमा सहभागी एक परीक्षार्थीले नै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेको आरोपमा एक पसल सञ्चालकसहित ५ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।
परीक्षा हलबाट सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराइरहेको अवस्थामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने लिलाराज शिवभक्ति, जनकपुरधाम उपमहानगरपालिका वडा १२ बस्ने सोनुकुमार साह, सोही स्थानका लालबाबु मण्डल, सोही स्थानका सुजितकुमार मण्डल र सर्लाही इश्वरपुरका अविनाश महतोलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।
राराब क्याम्पसमा एमबीएस प्रथम सेमेस्टर अन्तर्गत तथ्याङ्कशास्त्र विषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको थियो । स्थानीय सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा