मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

सोमबार, २७ साउन २०७६, १४ : ११
सोमबार, २७ साउन २०७६

झापा– गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । 

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ‘विप्लव’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । विप्लव समूहले भद्रपुर, विर्तामोड, अर्जुनधारा, दमकलगायतका विभिन्न स्थानमा एनसेलका टावरमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । 

आज बिहान विर्तामोड नगरपालिकाको सयुंक्त वडा कार्यालय ९७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि विप्लव समूहले नै विष्फोट  गराएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

मैनालीका अनुसार वडा कार्यालयमा बम  विष्फोट गराउने समूहको खोजी भइरहेको छ । वडा कार्यालयमा  प्रेसरकुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप