शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन लाख घुससहित वन अधिकृत पक्राउ

सोमबार, २७ साउन २०७६, १२ : ५९
सोमबार, २७ साउन २०७६

डडेल्धुरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले  तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो ।

विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए ।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए । उनले भने, “अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ ।” अख्तियारको टोलीले रु तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारल जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप