बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्लिम समुदायले मनाए बकर इद (फोटोफिचर )

सोमबार, २७ साउन २०७६, १२ : २९
सोमबार, २७ साउन २०७६

काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व बकर इद देशभरका मस्जिदमा मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ ।

आजकै दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गर्छन् ।

बकर इदका अवसरमा सोमबार दरबारमार्गको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिदलगायतमा मुस्लिम समुदायका मानिसहरु नमाज पढ्न घुइँचो लागेको छ ।

२०६८ सालको जनगणनामा नेपालको कुल जनसख्यामध्ये ४ दशमलब ४ प्रतिशत मुस्लिम समुदायको बसोबास छ ।

यस पर्वका अवसरमा प्रदेश २ र ५ मा सार्वजनिक विदा दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप