बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेइमाइविना नै पीएसजी विजयी

सोमबार, २७ साउन २०७६, ११ : ४७
सोमबार, २७ साउन २०७६

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा सुखद सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोलले हरायो । 

पीएसजीको जितमा इडिन्सन काभानी, केलियन एमबाप्पे र एन्जल डी मारियाले गोल गरे ।

काभानीले २४औ मिनेटमा पेनाल्टीमार्फत सुरुवाती गोल गरेका थिए । ५६औं मिनेटमा एम्बाप्पेले गोलगदै टोलीको अग्रता दोब्बर बनाए । 

६९औँ मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । टोलीका स्टार स्ट्राईकर नेइमार विनै खेलेको पीएसजीले सानदार प्रदर्शन गरेको थियो । नेइमार अहिले पीएसजी छाड्ने तयारीमा छन् । 

उनी स्पेनिस क्लब बार्सिलोना वा रियल म्याड्रिड जाने चर्चा ब्यापक चलिरहेको छ । लिगको पहिलो जितसँगै पीएसजीले तीन अंक बनाएको छ ।  

अर्को खेलमा लिलेले नान्टेसलाई २–१ गोलले पराजित गर्यो । लिलेको जितमा दुवै गोल भिक्टोर ओसिमहेनले गरे । भिक्टोरले १९औं र ८०औं मिनेटमा गोल गरेका थिए । 

नान्टेसले ५१औं मिनेटमा लिलेका जेकि केलिकको आत्मघाती गोल उपहार पाएको थियो । स्टार्सबर्ग र मेट्जले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप