शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर श्रोफलाई सोधियो, के तपाईं भर्जिन हो ? नायकले दिए यस्तो जवाफ

सोमबार, २७ साउन २०७६, ११ : ४२
सोमबार, २७ साउन २०७६

चकलेट बोयको इमेज बनाउने नायक टाइगर श्रोफ एक्सन हिरोको रुपमा पनि परिचित छन् । यसबाहेक उनी दिशा पाटनीसँगको सम्बन्धका कारण पनि चर्चामा छन् ।

हालै उनलाई सोसल मिडियामा यस्तो प्रश्न सोधिएको छ, जसको उनले चलाखीपूर्ण तरिकाले जवाफ दिएका छन् ।

वास्तवमा टाइगरले इन्स्टाग्राममा ‘आस्क मी एनिथिङ्ग’ सेशनमा प्रशंसकहरुसँग कुरा गरिरहेका थिए । यतिबेला थुप्रैले उनलाई रोचक एवं नीजि प्रश्न पनि सोधे ।

एक प्रयोगकर्ताले उनलाई भर्जिन छ कि छैन भनेरसमेत सोधे । यसको जवाफमा उत्तर आयो, ‘अरे, लाज नभएकाहरु ! मेरो आमा–बुवाले पनि मलाई फलो गर्नुभएको छ ।’

यस्तै, जब दिशा पाटनीसँग उनको सम्बन्धबारे सोधियो, तब उनले भने, ‘मेरो औकात छैन भाइ ।’

कामको कुरा गर्ने हो भने टाइगर चाँडै नै फिल्म ‘बागी थ्री’ मा देखिनेछन् । फिल्ममा उनीसँग एकपटक पुनः श्रद्धा कपुर देखिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप