शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीबीसी समाचारमा प्रत्यक्ष प्रशारण भयो पोर्न

शनिबार, २८ साउन २०७४, १६ : २७
शनिबार, २८ साउन २०७४

बीबीसीजस्तो प्रतिष्ठित मिडिया च्यानलमा प्रत्यक्ष प्रशारणको क्रममा स्टुडियोभित्र पोर्न चलिरहेको थियो भन्ने सुन्दा कस्तो लाग्ला ? सायद तपाईंलाई विश्वास नलाग्ला तर वास्तवमा यस्तै भएको छ ।

इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार गत सोमबार (७ अगस्ट) मा बीबीसी न्यूज च्यानलको एक बुलेटिनको प्रसारण गरेको थियो । कार्यक्रम प्रस्तोता सोफी रेवर्थ आफ्नो बुलेटिनमा बेलायत र दक्षिण अफ्रिकाको टेस्ट सिरिजको फाइनल प्रतिस्पर्धाबारे समाचार पढिरहेकी थिइन् । अचानक मानिसको ध्यान अफिसमा काम गर्ने ती व्यक्तितर्फ अडियो जो स्क्रिनको ब्याकग्राउन्डमा पोर्न हेरिरहेका थिए ।

प्रत्यक्ष समाचार पढिँदै थियोः

राती १० बजे प्रत्यक्ष समाचार प्रसारण भइरहेको थियो । बीबीसीकी न्यूज रिडर सोफी रेवर्थले बेलायतको जीतको विषयमा टेलिभिजनमा लाइभ कार्यक्रम गरिरहेकी थिइन् । यो प्राइम टाइममा चल्ने कार्यक्रम थियो । यसलाई लगभग ३१ लाख मानिसले हेरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप