बुटवल बस टर्मिनल परिसरमा आठ करोडको बहुउद्देश्यीय सपिङ् कम्पलेक्स
बुटवल– बुटवल उपमहानगरपालिकाले बसटर्मिनल परिसरमा पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स ‘बहुउद्देश्यीय भवन’ निर्माण गर्ने भएको छ । लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुन लागेको पार्किङसहितको तीन तलाको भवनको आज उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्दै बुटवललाई आर्थिक कारोवारको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने र बुटवलका लागि दिगो आयस्रोतको आधार बन्न सक्नेगरी बहुउद्देश्यीय भवनको उपयोग हुने प्रमुख सुवेदीले बताए ।
उनले बुटवलमा जग्गा अभावसँगै बहुतले भवन बनाउनको विज्ञहरुसँग छलफल र प्राविधिक अध्ययन भइरहेको बताए । त्यसअवसरमा निर्माण कम्पनी प्रेम सुनिल समिर जेभिका प्रोपाईटर नारायण पोख्रेलले निर्माणकार्य तोकेको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
बस टर्मिनल परिसरमा बन्ने यो अत्याधुनिक भवन नगर विकास कोषसँगको विशेष सहकार्यमा निर्माण हुन लागेको हो । यसका लागि बुटवल र कोषका बीचमा गत फागुनमा सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब आठ करोड रुपैयाँमै निर्माण गर्न सक्ने भन्दै ठेक्का सम्झौतामा हस्ताक्षर गरेर काम सुरु गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
०७७ साउनमा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत इन्जिनियर सुमन श्रेष्ठले बताए । तीन तलाको भवनमा पार्किङबाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका अर्का इन्जिनियर रुक्माङ्गत बस्यालले बताए । भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७÷२७ वटा सटर बन्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा