मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कोका–कोलाको आधुनिक प्रविधिको जिग्री प्याक सार्वजनिक

आइतबार, २६ साउन २०७६, १३ : ४२
आइतबार, २६ साउन २०७६

काठमाडौं– कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ ।

यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ । 

उपभोक्ताहरुले अब आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फान्टाको नयाँ जिग्री प्याक जहाँ–जहाँ गएपनि चाहना अनुसार जुनकुनै बेला आकर्षक मूल्यमा खरिद गरेर आनन्द उठाउँन सक्नेछन् । कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् । युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पनेमा प्रदर्शन गरिएको छ । 

नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी लागेको बताए । उनले जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्ने बताए । 

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल (तराई) नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप