बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा पाटा नेपालको ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम

आइतबार, २६ साउन २०७६, १३ : २९
आइतबार, २६ साउन २०७६

पोखरा– प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्डको सहकार्य तथा सहयोगमा यही अगष्ट ९ र १० मा पोखरास्थित गेट भोकेशनल पm्याब स्कुलमा ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम सम्पन्न भएको छ ।

६६ जना युवा पर्यटन कर्मी तथा सरोकारवालाहरु सहभागिता सहित दुई दिने मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम एवं कार्यशाला गोष्ठी सम्पन्न भएको हो । पाटा नेपालले यस तालिम कार्यक्रम संचालनका लागि थाईल्यान्डस्थित विनिङ्ग एड्जका प्रबन्ध निर्देशक डा. बर्ट भान वालबिक लाई नेपाल आमन्त्रण गरेको थियो ।

कार्यक्रमलाई क्षेत्रिय होटल ब्यवसायी संघ चितवन, कैलाश ग्रुप नेपाल र गेट भोकेशनल पm्याब स्कुल ले ह्स्पिट्यालिटी पार्टनरको रुपमा एवम बुद्ध एयरले एयरलाइन्स पार्टनरको रुपमा प्रायोजन तथा सहयोग गरेका छन ।

“माईस टुरिज्म” तथा “स्पेशल इन्टेरेस्ट टुरिज्म” को प्रवर्धन र बिक्री सम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने प्रमुख उद्देश्यका साथ कार्यक्रमको आयोजना भएको थियो । 

कार्यक्रममा सहभागीहरुलाई पर्यटकहरुको आवश्यकता र बजारक्षेत्र अनुरुप प्याकेज निर्माण, प्रोडक्ट एवं गन्तब्यलाई निरन्तर रुपमा गर्वका साथ दिगो एवम फाईदाजनक तवरबाट  प्रबर्धन एवं बिक्री गर्न सहभागी स्वयं आफैले कार्यान्वयन गराउन र नतिजाहरु मुल्याङ्कन गर्न सक्ने आवश्यक विधी, उपकरणहरु र रणनितीहरु इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो । 

कार्यक्रमका प्रशिक्षक डा बर्ट भान वालबिकले कुनैपनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकले होईनस बरु गन्तब्यको आकषणले आफ्नो यात्रा कार्यक्रम निर्धारण गर्ने बताए ।
फलस्वरुप, नेपाल गन्तब्य प्रबर्धन का निम्ति सबै एकिकृत भई अघि बढेमा भर्मण बर्ष २०२० ले पनि अपेक्षित उपलब्धि प्राप्त गर्न सक्ने धारणा ब्यक्त गरे ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिक्रित सुरेश सिहं बुडालले सहभागीहरु, सहयोगी संस्था एवम प्रयोजकहरुलाई धन्यवाद ब्यक्त गर्दै सहभागीहरुलाई पाटा नेपालको भावी कार्यक्रमहरु तथा अभियानहरुमा सहभागी हुन आमन्त्रण गरे ।

उनले ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम कार्यक्रम सहभागीहरुलाई आ–आफ्नो प्रोडक्ट वा सर्भिस सम्बन्धित हरेक प्रबर्धनात्मक एवम बाजारीकरण कार्य अभियानमा गन्तब्य प्रबर्धन लाई पहिलो प्राथमिकता प्रदान गर्नुपर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप