शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी

आइतबार, २६ साउन २०७६, ११ : ५४
आइतबार, २६ साउन २०७६

ई.थ्री इलेक्ट्रोनिक्स प्रा.लिले एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरु सार्वजनिक गरेको छ । शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ई.थ्रीले एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरु नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो ।

कार्यक्रममा एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थिति रहेको थियो । 

भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन् । जसको स्क्रिन रिजोल्यूशन १३६६x७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।

कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६x७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी  ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०x२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् ।

एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी प्रदान गरिएको छ ।

एम्प्लिफाईले नयाँ जेनेरेशनको एलईडी टिभी ल्याएको छ । यी सम्पूर्ण उत्पादनहरु कम्पनीको भारतस्थित प्लान्टमा अन्तराष्ट्रिय मापदण्डअनुसार परीक्षण गरिएका र सफल भएका छन् । न्यून उर्जा खपत गर्ने यी टिभीहरु वातावरणमैत्री छन् भने मनोरन्जनका लागि उच्चतम डिभाइसको रूपमा प्रस्तुत गरिएको छ ।

डल्बी डिजिटल साउण्ड, स्क्रीन मिररिंग प्रविधिसहितका यी टिभीहरुले प्रयोगकर्ताहरुलाई नयाँ अनुभव प्रदान गर्दछ । जसमा तपाईँले मज्जाले यूट्यूब, नेटफ्लिक्स, गूगल प्ले, हटस्टार चलाउन सक्नुहुन्छ ।
सामसंगको ए प्लस ग्रेडको प्यानल प्रयोग भएका यी टिभीहरु नेपाली बजारमा सूपथ मूल्यमा उपलब्ध भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप