शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोही फर्काइदेऊ त्यो बालापन !

आइतबार, २६ साउन २०७६, ११ : १४
आइतबार, २६ साउन २०७६

काठमाडौँ । काठमाडाँको मुटुमा छ भृकुटीमण्डप । त्यही भृकुटीमण्डपमा रहेको छ फनपार्क । जहाँ बालबालिकादेखि युवायुवती र बुढापाकासम्म पुगेर एकैछिन भएपनि मनोरञ्जन लिने गरेका छन् ।

सार्वजनिक बिदाका दिन त यो फनपार्कमा आएर मनोरञ्जन लिनेहरुको घुइँचो नै लाग्ने गरेको छ ।

फनपार्कमा विभिन्न किसिमका खेल खेल्न पाइने र मनोरम दृश्यहरुको अवलोकन गर्न पाइने भएकाले बालबालिकादेखि युवायुवती र बृद्धहरुको समेत रोजाइमा फनपार्क पर्ने गरेको छ ।

व्यस्त दैनिकीकाबीच सातामा एक दिन हुने बिदाका दिन खुला र रमाइलो गर्ने स्थान कम भइरहेका बेला पछिल्लो समय फनपार्कप्रतिको मोह बढ्दै जानुका साथै यस्ता व्यवसायहरु समेत फस्टाउँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप