शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको धारा ३७० को सन्दर्भमा राखीले मोदीलाई यस्तो भनेपछि ट्विटर अकाउन्ट बन्द

आइतबार, २६ साउन २०७६, ०९ : ३७
आइतबार, २६ साउन २०७६

रिपब्लिकन पार्टी अफ इन्डिया (ए) को महिला विभागकी अध्यक्ष तथा बलिउड अभिनेत्री राखी सावन्त संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको बयानका कारण विवादमा आएकी छिन् । 

उनले जम्मू–कश्मीरको सम्बन्धमा मोदीलाई धन्यवाद दिँदै बनाएको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

उनले भनेकी छिन्, ‘मोदी जि धन्यवाद १ हाम्रो कानुन त्यहाँ लागू भएको छ । कश्मीर हाम्रो भएको छ । मलाई तपाईंप्रति गर्व छ । तपाईं एकदमै महान् हुनुहुन्छ ।’ उनले भिडियोमा नारा लगाउँदै भनेकी छिन्, ‘हाम्रा नेता कस्ता छन्, हाम्रा प्रधानमन्त्री कस्ता छन्, मोदी जी जस्ता छन्’ । उनले अगाडि भनेकी छिन्, ‘मोदी जी, तपाईं करोडौँ वर्षसम्म बाँचिरहनुहोस् । हामी सबै तपाईंकै सन्तान हौँ ।’

भिडियो बनाउँदै राखीले भनेकी छिन्, ‘म आफ्ना निर्देशक तथा प्रोड्युसरलाई धन्यवाद भन्न चाहान्छु । जसले मलाइृ धारा ३७० फिल्ममा लिएका छन् । फिल्मको शुटिङ कस्मिरमा, कुल्लुमा भइरहेको छ ।’ यद्यपि, भिडियो बनाउँदै गर्दा राखीले कुल्लु कस्मिरमा नभई हिमाञ्चल प्रदेशमा पर्ने कुरा बिर्सिएकी छिन् । 

राखीले उक्त भिडियो कारमा शुटिङ गरेकी थिइन् । ट्विटरले नियम तोडेको कारण उनको भिडियो सस्पेन्ड गरिदिएको छ । 

उनले भिडियोमा सिन्दुर र मंगलसुत्र लगाएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप