शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आइतबार तपाईंको दिन कस्तो छ ?

आइतबार, २६ साउन २०७६, ०६ : २६
आइतबार, २६ साउन २०७६

वि.सं.२०७६ साल साउन २६ गते । आईतबार । ईश्वी सन् २०१९ अगष्ट ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि एकादशी,१८ घडी १३ पला ,दिउसो १२ बजेर ४९ मिनेट उप्रान्त द्वादशी । नक्षत्र मूल,५३ घडी  ५५ पला,रातको ०३ बजेर ०६ मिनेट उप्रान्त पूर्वाषाढा । योग वैधृति,२१ घडी १४ पला,दिउसो ०२  बजेर ०२ मिनेट उप्रान्त विष्कुम्भ । करण भद्रा,दिउसो १२ बजेर ४९ मिनेट उप्रान्त वब,रातको १२ बजेर ३१ मिनेट उप्रान्त बालव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि धनु । काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३२ घडी ५९ पला । पुत्रदा एकादशी व्रत।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबश्यक धन तथा स्थाई सम्पति हानी हुनसक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावि हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुनेहुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलि माईतीविच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुनेहुदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । मायाप्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने  योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थले साथ दिनेहुदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विश्तार गरि प्रशस्त रुपैयापैसा कमाउन सकिनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपार्ईँको काममा सहयोग हुनेछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यामा गरिएको लगानीबाट सकारात्मक नतिजाको अपेक्ष गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने बाताबरण बन्नेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिभिन्न अवसरहरुको उपयोग गरि यथेष्ट धन तथा सम्पति कमाउन सकिनेछ । आफन्त तथा दाजुभाईहरुको सहयोगमा सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । मनोबल मजभुत हुनेहुनाले शाहशिलो काम गर्न सकिने तथा खेलकुद तथा यस्तै गतिबिधिमा सम्लग्न भई अगाढि बढ्न सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने जीवनसाथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहनाले उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त फाइदा कमाउन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एकअर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुनेछ । राजनीति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी  गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । 
  
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा लगानी गरि प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ ।  भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । 
 
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाशैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिस्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप