शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी अध्यक्ष चयन समितिमा बस्ने प्रस्ताव सोनिया र राहुल गान्धीद्वारा अस्वीकार

शनिबार, २५ साउन २०७६, २२ : ३६
शनिबार, २५ साउन २०७६

एजेन्सी-नयाँ दिल्ली भारतीय काङ्ग्रेसको अध्यक्ष चयनका लागि बनेको पाँच सदस्यीय समितिमा सोनिया गान्धी र राहुल गान्धी नबस्ने जनाएका छन् ।

शनिबार काङ्ग्रेसले आफ्नो भावी नेतृत्वका लागि पार्टी प्रमुख चयन गर्न पाँच क्षेत्रीय समूह बनाएर छलफललाई अगाडी बढाउने तयारी गरेका छन् ।  

काङ्ग्रेस नेताले पार्टीलाई गति दिन पुनः राहुल गान्धीलाई उत्तराधिकारीका रूपमा ल्याउन सर्बसम्मत रूपमा गरेको मागलाई नेता गान्धीले अस्वीकार गरेपछि शनिबार बिहानको बैठकले सोनिया गान्धी, राहुल, प्रियङ्का, मनमोहन सिंह र अहमद पटेललाई क्षेत्रगत रूपमा परामर्श गरी साँझसम्म नयाँ नेतृत्व चयनका लागि जिम्मेवारी दिएको थियो । तर पूर्व अध्यक्ष सोनियाले आफ्नो र राहुलको नाम नेतृत्व चयनका लागि समाबेश नगर्न सुझाब दिएकी थिइन् । यो नेतृत्व चयनका लागि परामर्श समिति हो त्यसैले हामी यसमा बस्ने छैनौ ।

काङ्ग्रेसमा परिवारवाद भएकाले सङ्गठन कमजोर भएको भन्ने आलोचकको भनाइप्रति संवेदनशील बन्दै गान्धीद्वय यस प्रक्रियामा सहभागी नभएको विश्लेषकहरूले बताएका छन् । गान्धीद्वयले आगामी दिनमा पार्टीलाई सशक्त नेतृत्व गर्ने व्यक्ति चयनका लागि आफ्नो सहभागितालाई नकारेका बताइएको छ ।
लोकसभामा काङ्ग्रेसको तर्फबाट पार्टी नेता रहेका अधिररञ्जन चौधरीले भने, “नेतृत्व चयनका लागि साँझ आठ बजे पुन अर्को बैठक बस्ने छ जसले आजै नयाँ नेतृत्वका लागि नाम सिफारिस गर्नेछ ।” 

“नेतृत्व चयन प्रक्रिया शुरू भएको छ सहजरूपमा नयाँ नेतृत्वको चयन हुनेछ,” राजस्थानका मुख्यमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता अशोक गेलतले भने ।

भारतको लोक सभाका लागि भएको निर्वाचनमा पार्टीले नराम्रोसँग हार व्यहोरेपछि नेता गान्धीले हारको जिम्मेवारी लिँदै गत मे २५ मा पदबाट राजिनामा दिएका थिए । एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप