शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घर मालिक, भाडा छैन, सेक्सको बदलामा दिन्छन् युवतीलाई आफ्नो घर

शनिबार, २८ साउन २०७४, १४ : ४८
शनिबार, २८ साउन २०७४

दक्षिणी–पूर्व लण्डनमा थुप्रै यस्ता घर धनी छन् जो युवतीलाई निःशुल्क आफ्नो कोठा वा फ्ल्याट अफर गर्दछन् । तर त्यसको बदलामा उनीहरु युवतीबाट सेक्सको माग गर्दछन् ।

मिडिया रिपोर्टका अनुसार थुप्रै युवतीसँग जब ओत लाग्ने ठाउँ हुँदैन, भाडा दिनका लागि पैसा हुँदैन, त्यस्ता युवतीले यो बाटो छान्ने गर्दछन् ।

डेलीमेलमा छापिएको रिपोर्ट अनुसार यस्ता युवती मानसिक र शारिरिक शोषणको जालमा पनि फस्ने गर्दछन् ।

घर मालिकले प्रत्यक्ष रुपमा सेक्स फर रेन्टको विज्ञापन दिँदैनन् तर उनीहरु अप्रत्यक्ष रुपमा घर भाडामा दिने कुरा गर्दछन् । यसका लागि उनीहरु सेक्सी महिलाको खोजीमा हुन्छन् ।

एक रिपोर्टका अनुसार ऋचबष्नकष्कित नामको वेबसाइटमा हरेक दिन करिब सय घर मालिकले यस्ता जानकारी दिएका हुन्छन् ।

मिडियासँगको कुराकानीमा केही घर मालिकले यस्तो सम्बन्धलाई फ्रेन्ड विद बेनिफिट भनेका थिए ।

एक घर मालिकका अनुसार कसैले पनि यो बलजफ्ती गर्दैन । मानिसहरु आफ्नो इच्छाले यस्तो गर्दछन् । रिपोर्टका अनुसार ४० देखि ५० वर्षसम्म घर मालिक यस्तो सम्झौता गर्नमा समावेश हुन्छन् ।

यो दक्षिण–पूर्व लण्डनमा मात्र सिमित नभई संसारका अन्य शहरमा पनि निकै फस्टाइरहेको डेली मेलले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप