बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यी अभिनेताकी श्रीमतीले गरिन् यस्तो अपराध एक महिनादेखि दुबईको जेलभित्र

शनिबार, २८ साउन २०७४, १४ : १७
शनिबार, २८ साउन २०७४

टेलिभिजन नायक अमित टण्डन र उनकी श्रीमतीबिच खटपट भएको खबर सार्वजनिक भएको थियो तर अब यी कलाकारकी श्रीमती पछिल्लो एक महिनादेखि दुबईको जेलभित्र बन्द भएको खबर भारतीय मिडियामा सार्वजनिक भएको छ ।

रिपोर्टलाई विश्वास गर्ने हो भने दुबई हेल्थ अधिकारीका अनुसार रुबीले सरकारी अधिकारीलाई धम्की दिएकी थिइन् जसका कारण उनलाई दुबईको अल राफा जेलमा बन्द गरिएको हो । श्रीमतीलाई जेलमुक्त गर्नका लागि अमित दुबई गइसकेका छन् तर उनी श्रीमतीलाई जेलमुक्त गर्न सफल भएनन् ।

अमितकी श्रीमती छाला विशेषज्ञ हुन् र थुप्रै टेलिभिजन सेलिब्रिटी उनका ग्राहक हुन् । रुबी जेलमा थुनिएपछि अमित दुःखी छन् र उनले रुबी एक उत्कृष्ट डाक्टर हुन् जो सधैं सबैको मद्दतका लागि तयार रहन्छिन् । अमितका अनुसार रुबीको सफलता केही मानिसहरुलाई मन परेन जसका कारण उनीमाथि यस्तो गलत आरोप लगाइएको हो । अमित चाँडै नै श्रीमती रिहा हुने कुरामा विश्वस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप