मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

झापामा भरुवा बन्दुकसहित एक पक्राउ

शनिबार, २५ साउन २०७६, १४ : ०५
शनिबार, २५ साउन २०७६

झापा । जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 

वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप