जनजाति महासंघ युएईको अध्यक्षमा शेर्पा
युएर्इ-नेपाल अादिवासी जनजाती महासंघ युएर्इको अध्यक्षमा पासाङ् शेर्पा निर्बाचित भएका छन्।
२३ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिबसको अबसर पारेर गत शुक्रबार दुबर्इमा सम्पन्न भएको कार्यक्रममा शेर्पाको अध्यक्षतामा अन्य जातिय संस्थाको ४ सदस्य मनोनित गर्नै गरी २३ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरिएको हो।
जसमा बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ् तमाङ् उपाध्यक्षहरू क्रमश: बिजया लक्ष्मी रार्इ,सरोज पाहाङ्गो महासचिब सनिल घिसिङ्,सचिब कुमार बलामी,कोषाध्यक्ष नर बहादुर सुनार,सह-कोषाध्यक्ष तुल बहादुर घर्ती,प्रबक्ता उर्मिला गुरूङ्,र महिला बिभाग प्रमुख मन कुमारी सुनुवार रहेका छन्।यसै गरी सदस्यहरूमा अर्जुन श्रेष्ठ,निमा शेर्पा,राजु गुरूङ्,अशोक रामजाली मगर,धर्मराज महतो,नरेन्द्र करवाङ्,ज्ञान बहादुर तामाङ् र धनकृष्ण रार्इ छन्।
आदिवासी जनजातिको शान, आत्मासम्मान, स्वाभिमान र पहिचान” भन्ने मुल नाराका साथ दुबई स्थित कार्ल्टन होटलमा भएको उक्त कार्यक्रममा बिभिन्न जातिय संस्थाहरूले अा-अाफ्नो भेषभुसा, रितिरिवाज अनुसारको झाँकी समेत प्रदर्शन गरेका थिए।
जातिय संघसस्थाहरूले अाफ्नो माैलिक पहिचान झल्कने पुराना बस्तुहरू बाजागाँजा, पहिरन, धार्मिक मुर्ति,कलश, चाडपर्बमा प्रयोग हुने समाग्री,जातिय किताब,दैनिक प्रयोगमा अाउने ढिकी जाँतो, बिभुतिहरूको फोटो सहितका स्टलहरू पनि राखिएको थियो।
नेपाली राजदुताबास युएर्इका तृतीय सचिब केशब पाैडेलको प्रमुख अाथित्य र जनजाती महासंघ युएर्इका अध्यक्ष डेरराज गुरूङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख वक्ताको रुपमा आदिवासी जनजाती अभियन्ता, संस्कृतिविद तथा प्राध्यापक डा. कृष्ण भट्टचनले मौलिक हक अधिकार, राज्य संचालनमा जनजातीको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने बारेमा बताएका थिए।
कार्यक्रममा नेपाली समाज युएर्इका निबर्तमान अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पत्रकार महासंघ युएर्इका अध्यक्ष भुपराज बस्याल, सोसल क्लबका अध्यक्ष शालिक सुबेदी,ब्याबसायी नानुकाजी अर्याल,जातिय तथा जिल्लागत संस्थाका प्रमुख तथा पदाधिकारीहरू साथै उल्लेखनिय रूपमा नेपालीहरूको उपस्थिति रहेको थियो।
नेपाल आदिवासी जनजाति महासंघ युएईमा हाल सम्म गुरुङ्ग, तामाङ, मगर, लिम्बु, राई, नेवार, शेर्पा, थारु, माझी, भुजेल, सुनुवार गरी ११ जातजातिका संस्थाहरु आवद्ध रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा