बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मासुको उपभोग घटाउदा जलवायु परिवर्तनको दर कम हुन्छ : संयुक्त राष्ट्र संघको रिपोर्ट

शनिबार, २५ साउन २०७६, १३ : ०९
शनिबार, २५ साउन २०७६

एजेन्सी । हामीले खाने खानामा बदलाव गरेर जलवायु परिवर्तनको खराब असरलाई रोक्न सहयोग गर्न सकिने संयृुक्त राष्ट्र संघको जलवायु विज्ञानसम्बन्धि पछिल्लो रिपोर्टले बताएको छ ।

५२ देशका १०० भन्दा बढी वैज्ञानिक संलग्न भएर तयार पारिएको रिपोर्ट संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल(आईपीसीसी)ले प्रकाशित गरेको हो ।

अध्ययन मुख्यतः मानिसको जमिन उपभोगको अभ्यासले पृथ्वीलाई पार्ने असरमा केन्द्रित थियो ।

अध्ययनमा हाल जारी वनजङ्गल फडानी, कृषि अभ्यास र अन्य मानवीय क्रियाकलाप नरोक्ने हो भने सन् २०१५ को पेरिस जलावायु सम्झौताले लिएको तापक्रम वृद्धिलाई रोक्न नसकिने देखाएको छ ।

पेरिस जलवायुसम्बन्धमा भएको सहमतिले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिएको छ ।

तथापि, रिपोर्टले सम्पूर्ण रुपमा नकारात्मक निष्कर्ष भने दिएको छैन । अध्ययन अनुसार यदी संसारभरी नै वनस्पतिमा आधारित खानामा जोड दिएर मासुको उपभोग घटाउने हो भने जलवायु परिवर्तनविरुद्धको लडाइँमा उल्लेख्य सहयोग पुग्नेछ । 

‘मासुका लागि धेरै जमिन र पानीको आवश्यकता हुन्छ । यस प्रक्रियामा ताप सोस्ने ग्यासको उत्सर्जन पनि धेरै हुन्छ,’ बिहीबार एक वक्तव्यमा जारी गर्दै आईपीसीसीका उपाध्यक्ष डेब्रा रोबर्टसले भनिन् ।

आइपीसीसीको रिपोर्टले यदी मानिसले वनस्पतिमा आधारित विरुवाको उपभोगमा बृद्धि गरेर मासुको उपभोगमा कमी ल्याउँदा ‘एकतर्फ मानिसको स्वास्थमा राम्रो हुने र सँगसँगै पृथ्वीलाई पनि फाइदा हुने ’ भनेको छ ।

वनस्पतिमा आधारित खानाको तुलनामा मासुजन्य खानाले मानव स्वास्थलाई नकारात्मक असर गर्ने सम्भावना पनि बढी हुन्छ । विशेष जीवमा कुनै रोग भए त्यसको मासु उपभोग गर्दा व्यक्तिमा उक्त रोग सर्ने सम्भावना हुन्छ ।

वर्ल्ड रिर्सोस इन्स्टीच्युटका वरिष्ठ सदस्य टिमोथी सर्चिङ्गरले रिपोर्टबारे बोल्दै भने, ‘अहिले नै विश्वका अधिकांश देशका मानिसले न्युन परिणामको मासु उपभोग गरिरहेका छन् । तर अमेरिका र अन्य समृद्ध देशका नागरिक अत्यन्त धेरै मासु उपभोग गरिदिँदा समग्र विश्वको मासु उपभोग धेरै छ । अब यी राष्ट्रमा पनि आफ्नो मासुको उपभोगमा कमी ल्याउनुपर्छ ।’

मासुको लागि पालिने जीवहरुमा गाई र भेडालाई हुर्काउनको लागि अत्यधिक धेरै स्रोतको प्रयोग हुने देखिएको छ । तिनलाई खुवाउने घासको लागि ठूलो मैदान आवश्यक पर्छ । र, धेरै जसो चरन क्षेत्र जङ्गल फाडेर बनाइएको भूभागबाट निर्माण गरिका हुन्छन् ।

मासुको उपभोग कम गर्दा विश्वको लाखौँ वर्ग किमी जंगलमाथि पर्ने भार कम हुन्छ । साथमा गाईवस्तु हुर्काउँदा उत्सर्जित हुने ग्यास र मलको प्रयोग पनि कम हुन्छ । रिपोर्टले मासु उपभोगमा कमी ल्याउँदा सन् २०५० सम्म ८ गिगाटन सम्मको कार्वन उत्सर्जन कटौती गर्न सकिन्छ ।

जलवायु परिवर्तनमा कमी ल्याउनको लागि, मासुको उपभोगमा कमी ल्याउनुको अतिरिक्त हालको कृषि अभ्यासमा पनि परिवर्तन ल्याउनुपर्ने रिपोर्टले सुझाव दिइएको छ । रिपोर्ट अनुसार अहिलेको खेतीपाती शैलीले जलावयु परिवर्तनलाई थेग्न सक्दैन । पृथ्वी तातेको अवस्थामा पनि जमिन उपभोग भइरहने अवस्थाको सुनिश्चितता गराउनको लागि, फरक खालको कृषि अभ्यास आवश्यक रहेको रिपोर्टले सुझाव दिएको छ । 

रिपोर्टले जलवायु परिवर्तनले कसरी खाद्य सुरक्षालाई हानी पु¥याउँछ भन्ने गम्भरी प्रश्नमा सबै सचेत हुनुपर्ने बताएको छ । रिपोर्ट अनुसार, जलावायु परिवर्तनले एशिया र दक्षिण अमेरिकाको उच्च हिमाली क्षेत्रमा असर पार्न थाल्न सकेको छ ।

जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित हुने देशहरु प्रायः न्युन–आय क्षेत्रमा पर्ने देशहरु छन् । दुःखद कुरा ती देश आफैले भने जलवायु परिवर्तन गराउन त्यति ठूलो भूमिका खेलेका छैनन् । सम्पन्न देशले पारेको असरको सबैभन्दा ठूलो मूल्य तिनले चुकाउनुपर्ने देखिन्छ ।

सर्चिन्जरले जलवायु परिवर्तनको असरबाट गुर्जने न्युन–आयका मुलुकलाई सम्पन्न देशले सघाउ पु¥याउनुपर्ने बताएका छन् ।

स्रोत : https://time.com/5648082/un-climate-report-less-meat/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप