बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए फ्रान्सको अध्यक्ष पदमा हरि सापकोटाको उम्मेद्वारी घोषणा

शनिबार, २५ साउन २०७६, १० : ३०
शनिबार, २५ साउन २०७६

फ्रान्समा लामो समय देखि बसोबास गर्दै आएका अगुवा एवं समाजसेवी हरिप्रसाद सापकोटाले एनआरएनए फ्रान्सको आगामी कार्यकाल २०१९–२०२१ को लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । १८ अगस्ट २०१९ मा हुन लागेको गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सको आठौँ राष्ट्रिय महाधिबेशनमा सापकोटाले १५ बुंदे प्रतिबद्वताहरु सार्वजनिक गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समय नेपालमा शैक्षिक क्षेत्रमा काम गरेका सापकोटा एक निम्न माध्यमिक बिद्यालयको प्रधानध्यापक तथा नवलपरासी जिल्लामै एक चिरपरिचित सामाजिक अभियन्ता थिए । २००४ बाट फ्रान्समा बसोवास गर्न थालेपछी २००७ देखि संघको कार्यसमितिमा सदस्य, २००९ र२०११ को कार्यसमितिमा महासचिब, २०११र२०१३ मा उपाध्यक्ष  रहेर काम गरिसकेको परिपेक्षमा उनले एनआरएनलाइ धेरै नजिक बाट चिन्नुका साथै सुधार गर्नुपर्ने कुराहरु बिभिन्न कारणले हुन नसकेको महसुस गर्दै आएको बताएका थिए ।

एनआरएनएलाई सबैले अपनत्व महसुस गर्न सक्ने बिस्वसिलो छाता संस्थाको रुपमा बिकास गर्ने उनको प्रमुख प्रतिबद्दता रहेको छ। फ्रान्समा रहेका पुराना अभियान्ता एवं अग्रजहरु, बुद्विजीविहरु र सकृय युवाहरुको सरसल्लाहमा नै सापकोटाले आफ्नो उम्मेदवारी दिएका बताउदै  उनले फ्रान्समा रहेका महिला, युवा लगायत यहाँ रहेका सम्पूर्ण संघ संस्थाहरु संग सहकार्य गरेर हाल भैरहेका नियमित वार्षिक कार्यक्रमहरुमा सुधार गर्दै, अन्य नयाँ एजेण्डाहरुमा काम गर्ने यसका लागि सबै क्षेत्रका व्यक्तिलाई कुनै न कुनै रुपमा एनआरएनसंग जोड्ने बताएका छन। 

हाल एनआरएन फ्रान्सले संचालन गरिरहेको नेपाली पाठशालामा बालवालिकाहरुलाई नेपाली भाषा अध्यापन गराइरहेका सापकोटाले यस पाठशालालाई आबश्यकता अनुसार बिस्तार र बिकास गर्ने प्रतिबद्वता जनाएका छन। फ्रान्समा नेपाली बिद्यार्थीहरु आउनेक्रम बढिरहेको परिप्रेक्ष्यमा उनीहरुलाई सहयोग गर्न र उत्पन्न भएका बिभिन्न समस्याहरुलाई ठोस रुपमा समाधान गर्न एउटा छुट्टै उप समिति बनाएर काम गर्ने, नेपालीहरुलाई कागजी र प्रशासनिक काममा सहयोग गर्ने, एनआरएनए फ्रान्स मातहतमा एउटा पुस्तकालय स्थापना गर्ने, नियमित कामहरु गर्न, बैठकहरु संचालन गर्न र अन्य सानातिना कार्यक्रमहरु गर्न मिल्ने गरि एन आर एन फ्रान्स को आफ्नै कार्यालय स्थापना गर्ने, फ्रान्सेली निकायहरु र सबै नेपाली संघ संस्थाहरु संग समन्वय गरेर नेपाली घरको लागि गृहकार्य सुरु गर्ने, महिला सहभागितामा बिशेष जोड दिने, सदस्यताको संख्या बढाउने, क्षेत्रीय समितिहरू बनाउन पहल गर्ने, आर्थिक पारदर्शिता, सूचनाको हकको संरक्षण जस्ता ठोस कार्ययोजना र प्रतिबद्धताहरु सापकोटाले अघि सारेका छन्।

फ्रान्सेली र नेपाली समूदाय बिच सम्बन्ध बिस्तार गर्न अन्तर्क्रियात्मक कार्यक्रमहरु, संयुक्त लागानी कार्यक्रम, रचनात्मक कार्यक्रमहरु गर्दै नेपालको निर्यात तथा पर्यटन प्रबर्धन लगायत दूरगामी तथा एनआरएनए फ्रान्सको छविलाई बिश्व स्तरमा पुर्याउने सम्मका प्रतिबद्धताहरु सापकोटाले सार्वाजनिक गर्दै एनआरएनए फ्रान्सलाइ सबैले अपनत्व महसुस गर्न गर्न सक्ने बिस्वसिलो संस्था बनाउने बताएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप