मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काजोलले रानीलाई फिल्मबाट हटाउन दबाब दिएपछि...

शनिबार, २५ साउन २०७६, ०९ : ५५
शनिबार, २५ साउन २०७६

भारतीय फिल्म क्षेत्रमा ९० औं दशकमा बहुचर्चित काजोलले थुप्रै सुपरहिट फिल्ममा काम गरिन् । विशेषगरी उनलाई शाहरुख खानसँग निकै रुचाइयो । शाहरुख र काजोलले साथमा थुप्रै सुपरहिट फिल्म खेले । यो जोडी अझै पनि दर्शकको मन र मस्तिष्कमा बसिरहेको छ ।

तर, पछिल्लो समय शाहरुख फिल्ममा जति सक्रिय छन् त्यति काजोल छैनन् । उनले पछिल्लो समय फिल्म खेल्न नै छोडेकी छिन् । फिल्मबाट टाढा रहेपनि सामाजिक सञ्जालमार्फत चर्चामा आइरहने काजोलका जीवनमा थुप्रै विवादास्पद क्षणहरु छन् । 

विभिन्न विषयमा विभिन्न समयमा उनी विवादित पनि उत्तिकै बनिन् । फिल्म ‘कुछ कुछ होता है’ निकै चर्चामा रह्यो । यो फिल्म मन नपराउने सायदै कोहि होला । काजोल, रानी र शाहरुख खानको त्रिकोणात्मक प्रेममा आधारित फिल्मले धेरै दर्शकको मनमा बास बसेको थियो । तर, यही फिल्मबाट रानी र काजोलबीच शीत युद्ध शुरु भयो । उक्त फिल्मका लागि काजोलसँगै रानीलाई लिइयो । तर, काजोलले रानीलाई फिल्मबाट हटाउन करन जोहरलाई दबाब दिइन् । तर फिल्म डिस्ट्रीब्यूटर आदित्य चोपडाले रानीलाई हटाएनन् । यसपछि रानी र काजोलको दुश्मनी पक्का भयो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप