बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मालाई यो के भयो ? पुनः रद्द गरे कार्यक्रमको सुटिङ

शनिबार, २८ साउन २०७४, १३ : ५४
शनिबार, २८ साउन २०७४

भारतीय हास्यकलाकार कपिल शर्माको स्वास्थ्य लामो समयदेखि ठिक छैन । जसका कारण उनीबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् ।

केही दिन अघि नायक अर्जुन रामपाल र नायिका ऐश्वर्या राजेश आफ्नो नयाँ फिल्म ‘ड्याडी’ को प्रोमोशनका लागि ‘द कपिल शर्मा शो’ को सेटमा पुगे । तर धेरैबेर कुर्दा पनि सुटिङ सुरु नभएपछि यी दुई कलाकार घर फर्कनुपर्यो ।

एक चर्चित वेबसाइटको रिपोर्ट अनुसार कपिलले आफ्नो स्वास्थ्यस्थिती ठिक नभएको जसका कारण उनी सुटिङ गर्ने स्थितीमा नभएको जानकारी दिए ।

रक्तचापको समस्यासँग जुधिरहेका छन् कपिलः

एक भारतीय अनलाइनलाई दिएको अन्तर्वार्तामा उनी कम रक्तचापको समस्यासँग जुधिरहेको बताए ।

उनले भनेका थिए, ‘पछिल्लो केही महिनादेखि कार्यक्रम र फिल्म फिरंगीका कारण मैले रात–दिन काम गरिरहनुपरेको छ । मैले आफ्नो स्वास्थ्यको ख्याल राख्ने समय पनि पाएको छैन ।’

‘म निकै व्यस्त भएकाले व्यायाम पनि गर्न पाइरहेको छैन । यसको असर मेरो स्वास्थ्यमा पर्यो र कम रक्तचापको शिकार हुनुपर्यो । ’

‘यद्यपी, मैले दोस्रोपटक वर्कआउट सुरु गरेको छु र मेरो स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप