शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराका बसमा ‘इ -टिकेटिङ’ को सबै तयारी पुरा, ट्रायल आजैदेखि

शुक्रबार, २४ साउन २०७६, १७ : ३८
शुक्रबार, २४ साउन २०७६

पोखरा– भदौ १ देखि पोखराका नगर बसमा सुरु हुन लागेको ‘इ–टिकेटिङ’को सबै तयारी पुरा भएको छ । आज मात्रै पोखरा १ सिमपानीदेखि पोखरा १७ आँखा अस्पतालसम्मको रुटमा चल्ने नगर बसमा यसको परीक्षण पनि गरिएको छ । 

सिस्टम जडान गर्ने कम्पनी एनक्लाउडका सिइओ दिपेन्द्र नारायण श्रेष्ठका अनुसार आजैदेखि सिमपानी, आँखा अस्पतालको रुटमा यो सिस्टम सुरु भइसकेको छ । पहिलो चरणमा ८ सय नगर बसमा जडान गरिने यो सिस्टम लागू भइसकेपछि यात्रु र सवारी धनी दुबै नठगिने र पारदर्शी पनि हुने महानगरले विश्वास लिएको छ । 

पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले सिमपानीदेखि आँखा अस्पताल रुटमा चल्ने १३ बसमा सिस्टम परीक्षण गरिएको जानकारी दिए । ‘राम्रो रेस्पोन्स आएको छ,’ उनले भने । 

यो सिस्टम सुरु भइसकेपछि यात्रुहरुले बसका सहचालकलाई कार्ड देखाइसकेपछि कार्डलाई मेसिनमा देखाउनासाथ कार्डबाटै पैसा काटिन्छ । कार्ड जिपिएस सिष्टममा जोडिएको छ । ओभ डेभलपमेन्ट बैंकसँगको सहकार्यमा बनाइएको उक्त यात्रु कार्ड पनि वितरण सुरु भई सकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप