बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाको निशानामा रहेको अमेरिकाको गुआमबारे यी पाँच रोचक तथ्य थाहा छ ?

शनिबार, २८ साउन २०७४, १३ : ३४
शनिबार, २८ साउन २०७४

बीबीसी

यो हप्ता अमेरिका र उत्तर कोरियाबिचको तनावबिच युद्धको धम्कीसमेत आएको छ । उत्तर कोरियाले अमेरिकाको गुआममा युद्धको तयारी रहेको बताएपछि संसारभरीको नजर गुआममा अडिएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले गुआममाथि हमलाको खबर सार्वजनिक गरेको थियो । उत्तर कोरियाका सैन्य अधिकारीले उत्तर कोरियाली मिसाइल प्रशान्त महासागरको यो द्वीपलाई यसै महिना निशाना बनाउने योजना पेश गरेका थिए ।

उत्तर कोरियाले यदि आफ्नो आक्रामक व्यवहारमा विराम लगाएन भने संसारले अहिलेसम्म नदेखेको भयानक स्थितीको सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपतिको बयानपछि उत्तर कोरियाले यस्तो धम्की दिएको हो ।

यसै तनावबिच सार्वजनिक भएको एक गोप्य रिपोर्ट अनुसार उत्तर कोरियाको मिसाइल साना परमाणु हतियार राख्न सक्षम छ ।

गुआम अपेक्षाकृत एक अलग स्थानमा रहेको द्वीप हो जसको पहिचान अमेरिकी सैन्य अड्डाको रुपमा हुन्छ । गुआमबारे आज हामी तपाईंलाई यस्ता पाँच तथ्य बताउँदैछौं जुन निकै रोचक छः

गुआम अमेरिकाको कसरी भयो ?

गुआममा पोर्चुगाली खोजकर्ता फ्रेडिनेन्ड मजेलनको आगमनको ४० वर्षपछि सन् १५६५ मा स्पेनले यसमा दाबी गर्यो । सन् १८९८ मा स्पेन–अमेरिका युद्धसम्म गुआममा स्पेनको शासन रह्यो । त्यसपछि स्पेनले पेरिस सन्धीमार्फत गुआम अमेरिकालाई सुम्पियो । सन् १९४१ मा पर्ल हार्बर हमलापछि गुआममाथि जापानको अस्थायी नियन्त्रण रहेको थियो । यद्यपी, तीन वर्षपछि इजिप्टका सैनिकले गुआमलाई आफ्नो नियन्त्रणमा दिए । गुआम सन् १९५० मा आधिकारीक रुपमा अमेरिकी क्षेत्र बन्यो र यो अमेरिकाको डिपार्टमेन्ट अफ नेभी अन्तर्गत आउँछ ।

सन् १९५० मा नै अमेरिकी कांग्रेसले अर्गेनिक एक्ट अफ गुआम पास गर्यो र त्यहाँका नागरिकलाई अमेरिकी नागरिकता दिइयो । यद्यपी गुआमका नागरिकले अमेरिकी राष्ट्रपति चुनावमा भोट हाल्न पाउँदैनन् । गुआममा सन् १९७० मा पहिलो पटक एक गभर्नर चुनियो । सन् १९७२ पश्चात् अमेरिकाको हाउस रेप्रिजेन्टेटिभ्समा गुआमका एक ननभोटिङ डेलिगेट छन् ।

सात हजार अमेरिकी सैनिकः

गुआममा अमेरिकी नेभीको एक बेस छ । यसका साथै त्यहाँ अमेरिकी एयरफोर्सको एन्डरसन एयरफोर्स बेस छ । यो द्वीपको उत्तर–पूर्वमा रहेको छ । अमेरिकी एयरफोर्स बेसमा बी–५२ बमवर्षक र लडाकू विमान तैनाथ छन् । अमेरिकी नेभी बेस द्वीपको दक्षिण–पश्चिमी भागमा छ । यहाँ परमाणु शक्ति भएका युद्धपोत तैनाथ छन् । समाचार एजेन्सी एपीका अनुसार करिब सात हजार अमेरिकी सैनिक आफ्नो परिवारसँग यहाँ बस्छन् । यहाँको कूल जनसंख्या एक लाख ६० हजार छ । यहाँको प्रसिद्ध पर्यटन स्थल ट्यूमोन दुई सैन्य इलाकाको बिचमा छ ।


हवाईको तुलनामा गुआम उत्तर कोरियाको नजिककोः

गुआम उत्तर कोरियाको नजिकको इलाका हो । दुबै बिचको दुरी ३ हजार ४ सय २७ किलोमिटर रहेको छ । यो दुरी हवाई र गुआमको बिचको आधा हो । गुआम र हवाईका बिचको दुरी ६ हजार ३ सय ७३ किलोमिटर छ । गुआम प्रशान्त महासागरमा सुदूर दक्षिणी हिस्साको द्वीप हो । यो माइक्रनेजाको सबैभन्दा ठूलो द्वीप हो । यसको क्षेत्र २ सय १० वर्ग मीलमा फैलिएको छ जुन शिकागोको बराबर छ ।

सांस्कृतिक विविधताः

गुआमको ४० प्रतिशत जनसंख्या चमोरोको छ । चमोारो यहाँका मूल निवासी हुन् । यसका साथै २४ प्रतिशत फिलिपिनी छन् । १८ प्रतिशत जनसंख्या विभिन्न जातका छन् । साथै सात प्रतिशत गोरा छन् भने १० प्रतिशत माइक्रोनेजन छन् । यहाँको आधिकारिक भाषा अंग्रेजी र चमोरो हो ।

सन् २०१५ को जून ५ तारिखमा गुआम पहिलो अमेरिकी क्षेत्र बन्यो जहाँ समलिङ्गी विवाहलाई मान्यता दिइयो । गुआममा यो नियम लागस भएपछिको १५ दिनपछि अमेरिकी सर्वोच्च अदालतले पनि समलिङ्गी विवाहलाई पूरा अमेरिकाभरी मान्यता दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप